ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अदुरदर्शी संघीय सरकारः जमिन खोस्रिएर रोकियो औद्योगिक

तत्कालीन सरकारले सम्भाव्यता अध्ययन नै नगरी हचुवाको भरमा औद्योगिक ग्राम निर्माण गर्ने उद्घोष गरेको थियो । अहिले पालिकाका स्थापना गरिने भनिएका औद्योगिक ग्राम जमिन खोस्रिएर अलपत्र पारिएका छन् ।
१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

पाल्पा, ०१ जेठ ।

तानसेन नगर सरकारले संघीय सरकारले कार्यक्रम अनुरूप सार्वजनिक खुला ठाउँमा औद्योगिक ग्राम निर्माण गर्ने भन्दा स्थानीयहरूको खुसीको सीमा नै थिएन । नगर भित्रका घरेलु तथा कुटिर उद्योगलाई एकिकृत गरी एकै ठाउँमा उद्योग संचालन गर्ने उद्देश्यले नगरको वडा नम्बर ७ मा प्रस्तावित गरिएको थियो । खुला तथा समथर परेको भूभागमा औद्योगिक ग्राम निर्माणका लागि प्रस्ताव गरियो । औद्योगिक ग्राम निर्माण गर्दा मानव बस्तीलाई नकारात्मक असर नपर्ने स्थलमा प्रस्तावित गर्दा स्थानीयहरू निकै खुसी भएको स्थानीय रोम बहादुर राना बताउँछन् । सरकारले नगरको साना कुटिर तथा घरेलु उद्योग संचालन गर्दा यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने अपेक्षा थियो । त्यो आशा मात्र भएको उनले भने ।

झण्डै १ सय रोपनी क्षेत्रफलमा फैलिएको प्रस्तावित गरिएको क्षेत्रमा प्रारम्भिक पूर्वाधार निर्माणका लागि प्राप्त बजेट अनुरूप ५७ लाख, ८३ हजार, ८ सय ७३ रूपैयाँमा ढुगांको गाह्रो, इट्टाको पर्खाल लगाउने, तार जालीका लागि नगर सरकारले २०७८ साल साउन १ गते निर्माण कम्पनीसंग ठेक्का संझौता गरेको थियो । निर्माण कम्पनीले २०७९ साल असार १५ गते पहिलो चरणको निर्माण कार्य पुरा गर्ने भने पनि फलामको तार जाली लगाउने काम बाँकी नै राखी सम्पन्न नगरेको स्थानीय सरोज तिमिल्सिना बताउँछन् ।

पहिला पहिला महत्वपूर्ण काम भएको ठाउँ हो । यस्तो ठाउमा घरेलु तथा कुटिर उद्योगहरू खुल्ने भयो भन्दा स्थानीयहरू सारै खुसी भएका थिए । अब त पहिलो चरणको काम नै पुरा नभएको देख्दा सबैमा आशा हराउँदै गएको स्थानीय नुरदेव पौडेल बताउँछन् । निर्माण कम्पनीलाई दवाव दिनका लागि पटक–पटक नगरपालिकामा गई खबरदारी गर्न पुग्यौ तर काम पुरा गर्न निर्माण कम्पनी नआएको उनी बताउँछन् ।
तत्कालीन सरकारले सभांम्यता अध्ययन नै नगरी हचुवाको भरमा औद्योगिक ग्राम निर्माण गर्ने उद्घोष ग¥यौ त्यसैको परिमाण हो यो एक जनप्रतिनिधीले भने । सरकारले निर्णय ग¥यो यता निर्माण कम्पनीले कामै नगरी सरकारलाई ठग्यो उनले भने ।

फलाम, तामा करुवा माटाका भाडा जस्ता उद्योगले जिल्लाको पहिचान बनाएको छ । छरिएर रहेका उद्योगलाई एककृत बनाउनु राम्रो हो तर यो योजना बिना बजेटको भरका कारण अलपत्र अवस्थामा पुगेको प्राविधिकहरू बताउँछन् । संघीय सरकारले एक स्थानीय तहमा एक औद्योगिक ग्रामको अवधारणा ल्याएपछि नगर सरकारले पहिलो चरणमा स्थानको छनोट गरेको र त्यसको डिपिआर बनाउने काम भयो । सुविधा सम्पन्न तवरले निर्माण गर्न भनिए अनुरूप प्रस्तावित लागत अनुरूप ४० करोड हो । पहिलो त निर्माण कम्पनीले काम पुरा नगर्दा समस्या भएको नगर सरकारका प्रमुख प्राविधिक राम प्रसाद श्रेष्ठ बताउँछन् ।

पछिल्लो समयमा संघीय सरकारबाट बजेट आउन पनि रोकियो । ४० करोड प्रस्तावित गरिएकोमा हालसम्म पटकपटक गरी ९० लाख, दुई पटक गरी १ करोड ८० लाख आयो यस वर्ष र गत वर्ष बजेट नै आएन उनले भने । संघीय सरकारले औद्योगिक ग्राम प्रस्तावित गर्दा जमिन उपलब्ध गराउनुपर्ने भने बमोजिन नगर सरकारले उपलब्ध गराएको ठाउँलाई हालसम्म इट्टाको पर्खालले घेर्ने मात्र काम भएको छ । यस्तो दृश्यले संघीय सरकारलाई गिज्याए जस्तो भएको स्थानीय बताउँछन् ।

तानसेन नगरको मात्र होइन रामपुर नगरमा पनि हाल उस्तै ३० प्रतिशत मात्र भौतिक प्रगती भएको र बाकी काम संघीय सरकारबाट बजेट नपाउँदा काम अलपत्र परेको नगर सरकारका प्रवक्ता कपिल बहादुर खाणले बताए । जमिन १० वटा स्थानीय तह मध्य ७ वटाले जमिन उपलब्ध गराउन सकेको छैन भने रिब्दीकोट गाउँपालिकाले पूर्वाधार निर्माणको काम अगाडि बढाएको प्रमुख प्रशाशकीय अधिकृत मणि प्रसाद खनालले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?