काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा मिश्रकी श्रीमती सरिका कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो।
मिश्रलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित आन्दोलनमा अराजक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। त्यसयता उनी प्रहरी नियन्त्रणमै रहेका छन्। हालै उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरिएको छ। अब अदालतले रिट सम्बन्धी निर्णय सुनाउनेछ त्यो फैसलाले मिश्रको थुनामुक्ति वा अनुसन्धान निरन्तरतामध्ये कुन दिशा दिने भन्ने स्पष्ट हुनेछ।



