Butwal Today

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

३१ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३१ बैशाख ।

अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्।  कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ ।

विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र कालो हुँदै जान्छ, जसका कारण यसको प्वाल बन्द हुन्छ र चिया जालीले राम्रोसँग फिल्टर गर्न समेत सक्दैन । अब, जब यो हुन्छ, मानिसहरूले प्रायः चिया जालीलाई बेकार भयो भनेर यसै फ्याँक्छन्। यद्यपि, यदि तपाईं चाहनुहुन्छ भने, तपाईंले कालो चियाजालीलाई एकदमै सजिलो तरिकामा नयाँ जस्तै चम्काउन सक्नुहुन्छ। आउनुहोस, यसको उपाय हामी सिकाउँछौं । यदि तपाइँको चिया जाली कालो भएको छ भने तपाइँ यसलाई धेरै प्रयास बिना नयाँ जस्तै सफा गर्न सक्नुहुन्छ। अझ अचम्मको कुरा यो हो कि यसका लागि तपाईले कुनै पनि महँगो उत्पादन छुट्टै किन्नु पर्दैन।

हो अब यसरी फिल्टर सफा गर्नुहोस्ः

– यसका लागि सबैभन्दा पहिले चिया जालीलाई सिधै ग्याँसको आगोमा राख्नुहोस्।

–  यसो गर्दा फिल्टरमा रहेको फोहोर जलेर कार्बनमा परिणत हुन्छ।

–  जब आगोले चियाजाली पूरै तातो हुन्छ र त्यसबाट हल्का धुवाँ आउन थाल्छ, तब ग्याँस बन्द गर्नुहोस्।

– चिया जालीलाई अब एकछिन चिसो हुन दिनुहोस्।

– यसपछि डिशवाश लिक्विड र ब्रसको मद्दतले रगडेर सफा गर्नुहोस्।

– यसो गर्नाले फिल्टर पूर्ण रूपमा सफा र चम्किलो हुनेछ।

यद्यपि, यो विधिको साथ तपाईले स्टील वा फलामका फिल्टरहरू मात्र सफा गर्न सक्नुहुन्छ। ग्याँसमा प्लास्टिक चियाजाली राख्नबाट बच्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?