ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

गभर्नर नियुक्तिमा सरकारको लाचारी

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

सरकारले अहिले बजेटको तयारी गरिरहेको छ । सरकारलाई बजेट बनाउन आवश्यक सहयोग र परामर्श दिने गभर्नर पद भने विगत एक डेढ महिनादेखि खाली छ । सरकारको आर्थिक सल्लाहकारका रूपमा लिइने केन्द्रीय बैंक अहिले नेतृत्वविहीन छ । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसक्दा थुप्रै प्रश्न उठेको छ । दुई तिहाई बहुमत नजिकको सरकारले गभर्नर नियुक्त गर्न नसक्नु सरकारको लाचारीमात्रै होइन, देशप्रतिको गैरजिम्मेवार शैली पनि हो । सरकारमा सहभागी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा विवाद छ भन्ने यो ढिलाईले पुष्टी गर्दछ भने दुई पार्टीको जुँगाको लडाइँमा मुलुकको केन्द्रीय बैंक कोपभाजनमा पर्नु चिन्ताको कुरा हो । देशको अर्थतन्त्र अझैपनि सही लयमा नहिँडेको अवस्थामा गर्भनरका लागि दुई ठूला दलबीच रस्साकस्सी चल्नु राम्रो होइन ।

यस्तो महत्वपूर्ण पदमा राजनीतिक खिचातानी भएपछि सबल अर्थतन्त्रको अपेक्षा र आकांक्षा कसरी गर्न सकिन्छ ? देशमा आर्थिक समस्या चाङका चाङ छन् र यो दिन प्रतिदिन बढ्दो छ । राजनीतिक परिवर्तन भइसकेपछि पनि आर्थिक रूपमा जनताको अवस्थामा सुधार हुन सकेको छैन । आर्थिक सुशासनको त धज्जी उडाउने काम जारी छ । सबल र सक्षम नेतृत्व चयन गर्नुको सट्टा गभर्नरमा तेरो मेरो मान्छेको लडाई चलाउनु निराशाको आगोमा घ्यू थप्ने काम हो । देशको आर्थिक अवस्था चलायमान बनाउन, मुलुकको वित्तिय सन्तुलन कायम राख्न र बैंकहरूको नियमन गरि पुँजीको सही व्यवस्थापन गर्न राष्ट्रबैंकको महत्वपूर्ण भूमिका हुन्छ । तर, लामो समय भैसक्यो मुलुकले गभर्नर पाउन सकेको छैन । मुलुकको आर्थिक स्थितिलाई सुधारमा राख्न अहिले झनै सबल र सक्षम गभर्नरको आवश्यकता छ । मुलुक एफएटीएफको ‘ग्रे लिस्ट’ मा छ । यसलाई हटाएर मुलुकमा आर्थिक सुशासन कायम गर्न राष्ट्रबैंकको भूमिका हुन्छ तर सरकार गभर्नर नियुक्त गर्न नसकेर संसारलाई हसाउने काम गरेको छ । अहिलेको प्रमुख आवश्यकता हो– देशको अर्थतन्त्र चलायमान गराउने । यसका लागि गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ ।

वित्तीय अनुशासन, सबलीकरण र स्थायित्व कायम गर्न गभर्नरले खेल्ने भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन् । देशको अर्थतन्त्रको नियामक निकाय नै नेतृत्वविहीन हुनु र यसको नियुक्तिमा दुई दलबीच मोलमोलाई चल्नु गंभीर चिन्ताको कुरा हो । राज्यको मौद्रिक नीति निर्धारण गर्ने महत्वपूर्ण पद महिना दिनदेखि खाली रहँदा पनि सरकार र त्यसमा संलग्न ठूलो दल यो वा त्यो बहानामा उदासीन देखिनु दुई दलको गैर जिम्मेवार कृयाकलाप हो भन्दा अत्युक्ति हुँदैन । सरकारले आगामी जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ । वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण र कार्यान्वयनसम्बन्धी सल्लाहका लागि नेपाल राष्ट्र बैंक र गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ ।

ठिक यही बेला राष्ट्र बैंकको गभर्नरजस्तो महत्वपूर्ण र संवेदनशील पदलाई सत्तारूढ दलले दाउपेचको विषय बनाएका छन् । सहमति अनुसार गभर्नर पद नेपाली कांग्रेसको भागमा परेको छ । तर, कांग्रेसले पनि व्यक्तिको बिषयमा सही र उपयुक्त निर्णय लिन नसक्दा गभर्नर पदको लिलामी जस्तै भएको छ । सरकारका लागि यो बिषय लज्जाको बिषय बन्नुपर्ने हो । यसरी अनावश्यक ढिलासुस्ती गर्दाको परिणाम समग्र अर्थतन्त्रमै प्रतिकूल असर पर्ने चिन्ता बढेको छ । अव ढिलाई नगरी ऐन नियममा संशोधन गरेरै भएपनि गभर्नर नियुक्तीमा ढिलाई नगरियोस् । कुनै पार्टीको भन्दा पनि योग्य र सक्षम गभर्नरको चयनमा सरकारको ध्यान जाओस् । गभर्नरको बिषयले सरकार हल्लिने अवस्था आउनुले नेपालको राजनीतिक र प्रशासनिक संयन्त्र कति कमजोर छ भन्ने स्पष्ट हुन्छ । जेहोस सरकार अव गभर्नर नियुक्तीमा ढिलाई गरेर सरकारको असफलता अझै असरल्ल नगर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?