© २०२३
बुटवल, ३१ बैशाख ।
बुटवल सुख्खानगरकी टिका परियार निकै खुशी छिन् । साईकल पाएपछि उनमा खुशीको सीमा रहेन । विहानै सबैका घरदैलोमा मकै पु¥याउने परियारलाई साईकलले सानो व्यवसायलाई थप सहयोग दिने उनको विश्वास छ । अर्घाखाँचीमा बाल्यकाल बिताएकी परियारले बावुआमाको माया पाउन सकिनन् । बाल्यकाल सानीमासँग बिताएकी उनलाई सधैजसो आफना आमाबावुको अभाव महसुस हुने गर्दथ्यो । उमेर बढदै जाँदा विहे गरेर घरजम गर्ने रहर जाग्यो । उनले सिलाई व्यवसाय गरिरहेका राजु परियारसँगै १६ वर्षकै उमेरमा प्रेम विवाह गरिन । उनी भन्छिन् तर त्यसपछि घर परिवार चलाउन निकै गाह्रो भयो । आर्थिक अभाव,आफन्तहरूले गर्ने घृणा, तनावमा जिवन बिताउनु बाहेक विकल्प थिएन । त्यसमाथि छोराको जन्म, उसको लालनपालनको जिम्मेवारीले थिच्न थाल्यो । यस्तै समयमा मेरो सेतो गुराँस बालविकास संस्थासँग भेट भयो । त्यहाँबाट कसरी जीवनलाई सार्थक बनाउने भन्ने कुरा थाहा भयो व्यवहारिक र सैद्धान्तिक ज्ञानले आज मलाई मालिक बनाएको अनुभूति छ मसँग । म आफनै पौरखमा रमाउन पाएको छु ।
संस्थाले दिएको २० हजार रुपिँयाबाट मैले मकै बेच्ने व्यवसाय शुरु गरे । शुरुमा म एक्लैले बेच्दथिएँ । आजभोलि श्रीमान श्रीमती दुवैले मकैको व्यवसाय गर्दछौं । आर्थिक जोहोको राम्रो माध्यम बनेको छ । अहिले त गर्मी सिजन छ जाडोमा अझै व्यापार धेरै हुन्छ । ग्राहकको सुबिधाका लागि घरघरै पुग्दछौ । अझै यो साईकलले मेरो व्यापार गर्नलाई थप उर्जा मिल्ने छ ।
बिहान सबेरै उठ्छु, घरधन्दामा लाग्छु । श्रीमान मकै खरिद गर्न मन्डी पुग्नु हुन्छ । त्यसपछि हामी दुबै जना आ–आफनो रोजाईको स्थानमा मकै बेच्न जान्छौ । श्रीमान साईकलमा जानु हुन्छ म बोकेरै सबैको घर घरमा पुग्दथें अब म पनि साईकलमा नै सबैको घरदैलोमा विहानै मकै लिएर पुग्न सक्ने भए । दिनभरीमा १ सय २० देखि १ सय ५० सम्म मकै बिक्री हुन्छ । दिनहुँ हिँडेर मकै बेच्न हिँड्दा शरीरलाई दुःख त्यसमाथि समयको नोक्सान भएको थियो साईकल पाए भोलिबाट त्यो समय व्यवसाय गर्न र सानो बच्चाका लागि हुनेछ खुशी हुँदै परियारले सुनाईन ।
लक्ष्मी थारु
सामान्य लेखपढ गर्ने परियारलाई आफ्नो सानो जमिन जोडर घर बनाउन रहर छ बच्चालाई गतिलो शिक्षा दिएर आफ्नै देशमा गरेर खान सक्ने बनाउने सपना बुनेर परियार दम्पत्तीले घरखर्च बचाएर केहि रकम बचत गररिहेका छन् ।
देवीनगरकी लक्ष्मी थारुले लकडाउनबाट नै कुखुरा पाल्न थालेकी हुन् । बाहिर कतै काम नपाए पछि उनले पनि सेतो गुराँसको सहयोगमा कुखुरा पाल्न शुरु गरेकी थिइन । शुरुमा थारु भन्छिन् पाले जती त बचाउन सकिन तर पनि बाचेहरूलाई राम्रा बनाएर घर खर्च चलाउन सजिलो भयो । दैनिक मजदुरी गर्ने श्रीमानले कमाई भए ल्याउने हो नभए पनि धेरै थोरै कखुरा राखेर कमाएको छु सानोतिना समस्या समाधान भएका छन् । शुरुमा दुई दजर्न पाले त्यसबाट केहि मरे पनि बाँकी चाहि बेचेर राम्रो कमाइ भयो । बिस्तारै धेरै थोरै खोरमा पालेको छु । मंगलवार फेरी गिरीराज जातका २५ वटा चल्ला पाए । त्योसँगै दाना र कुखुरालाई दाना पानी खुवाउने भाडाहरू पनि पाएकी छु खुशी लागेको छ ।
टिका परियार
बुटवल १७ रानीगञ्जकी उषा गुरुङ्गले दैनिक लाग्ने हाटबजारहरूका कस्मेटिक सामानहरू बेच्दै आइैरहकी छन् । सेतो गुराँसबाट पहिलो चरणका २० हजार रुपियाँ पाएपछि उनले दैनिक व्यवसाय शुरु गरेकी हुन् । दिउँसोजसो बजारमा पुग्ने उषा बिहानै केही घण्टा व्यूटीपार्लर सिकन थालेकी छन् । बिस्तारै पार्लर सञ्चालन गर्ने सोंचमा रहेकी उनले पर्लरका सामानहरू पाए मख्ख छिन् । गुरुङ्ग भन्छिन् पढ्ने बेलमा बिहे गरियो पछुतो छ तर पनि जीवनमा जे आउँछ त्यसलाई सहज रुमा स्वीकार गर्दे अगाडि बढ्नुको विकल्प छैन । सेतो गुराँस संस्थासँग जोडिन पाए । यहाँबाट धेरै कुरा सिकेर आफूलाई आत्मनिर्भर बन्ने दौढमा छु । फुर्सदको समयमा पार्लरको काम घरै गरेको छु सिकेर सकेपछि थोरै लगानी गरेर भए पनि पसल खोल्ने सोंचमा छु ।
उशा गुरुङ
परियार, गुरुङ्ग र थारु त उदाहरण मात्रै हुन् । बुटवलमा सेतो गुराँस बालविकास सेवा रूपन्देहीको आयोजना सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको सहयोग र बुटवल उपमहानगर पालिका वडा नं. ४ को समन्वयमा आयोजना गरिएको गरिबीमा रहेका किशोरीहरूको सीप विकास कार्यक्रम अन्तरगत साना व्यवसाय सञ्चालनको लागि किशोरीहरूलाई सामग्री वितरण कार्यक्रममा भेटिएका किशोरी आमाहरू हुन् । जस्ले सामग्री पाए पछि आर्यस्रोत बढनेमा ढुक्क छन् । सामग्री बुटवल उपमहानगरपािलको वडा नं २,४,११,१३ र १७ भित्र रहेका ३१ जना किशोरी आमाहरूलाई सामग्री हस्तान्तरण गरिएको हो ।
किशोरीले कुखुरा पालनका लागि चल्ला, दाना भाँडाकँुडा, चटपटे बेच्नेहरूका लागि ठेलागाडा, व्यटीपार्लर गर्नेहरूका लागि विभिन्न मेसिनरी सामान, सिलाई कटाई गर्नेहरूका लागि मेसिन, साईकल लगायतका आवश्यक सम्रगीहरू वितरण गरिएको सेतो गुराँस बालविकास रूपन्देहीका अध्यक्ष ओमी पुनले जानकारी दिईन । कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरिबहादुर विष्टले लक्षित वर्ग सम्म कार्यक्रम पुग्नु पनि सफल पक्ष रहेको बताए । उनले सरकारले दिएको सानो औजारले आफनो जीन्दगीलाई सबैले रंगिन बनाउनका लागि कडा परिश्रम जरुरी रहेको बताए । सेतो गुरास बालविकास संस्था रूपन्देहीका कार्यकारी प्रमुख सुमित्रा शर्माले पछिल्लो समयमा किशोरी आमाका समस्यासँगै तिनिहरूबाट जन्मेका बालाबालिकाहरू अझै बढी जोखिमा रहेको बताई । उनले ति बालबालिकहरूले राज्यबाट पाउने सुविधा र अधिकारबाट बञ्चित हुनु दुखद पक्ष रहेको बताईन । त्यसैले पनि किशोरी आमाहरूलाई आर्यआर्जनसँग जोडर आर्थिक परिर्वतन गर्नु नै संस्थाको प्रमुख लक्ष्य रहेको जानकारी दिइन ।