© 2026
३१ वैशाख, काठमाडौं ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीच आगामी सहकार्यका सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो। खासगरी विकास कार्यक्रमहरूमा लगानी, नीति सुधार, तथा बजेट निर्माणको सन्दर्भमा विश्व बैंकको भूमिका के हुन सक्ला भन्ने विषयमा कुराकानी भएको बुझिएको छ।
बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्री पौडेलले मंगलबार नेपालस्थित अन्य विकास साझेदारसँग पनि परामर्श गरेका थिए। यसले आगामी आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोग र सुझावलाई समावेश गर्ने सरकारको तयारीलाई संकेत गर्छ।