ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

काठमाडौं, ३१ वैशाख।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। बुधबार शीतलनिवासमा आयोजित कार्यक्रममा महालेखा परीक्षक तोयम रायाले संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन्।

रायाले प्रतिवेदन पेस गर्दै लेखापरीक्षण अन्तर्राष्ट्रिय अभ्यास र संविधानको परिधिभित्र रही सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार कुल ५ हजार ७५९ निकायको लेखापरीक्षण गरिँदा ९४ खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार परीक्षण गरिएको छ। यसमध्ये ३ हजार ७०२ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको हो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल ९१ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। संघीय सरकारतर्फ ४७ अर्ब ७४ करोड, प्रदेश सरकारतर्फ ४ अर्ब २० करोड, स्थानीय तहमा २५ अर्ब ३२ करोड र समितिहरूमा १४ अर्ब ३३ करोड बेरुजु रहेको उल्लेख छ।

यस वर्ष लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड रुपैयाँ असुल गरिएको जनाइएको छ। साथै, अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब नाघेको छ, जसमा संघीय कार्यालयको ३ खर्ब ७५ अर्ब, स्थानीय तहको २ खर्ब ९ अर्ब र समितिहरूको १ खर्ब १७ अर्बभन्दा बढी बेरुजु रहेको छ।

प्रतिवेदनमा लेखा परीक्षण गरिएका निकायको विवरण, अनियमितता, सुधारका सिफारिस, कार्यान्वयन अवस्था र लेखापरीक्षणका निष्कर्ष समेटिएका छन्। रायाका अनुसार प्रदेशहरूको लागि अलग प्रतिवेदन तयार गरिएको छ भने स्थानीय तहको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छ।

यस वर्ष कार्यमूलक, वातावरणीय, सूचना प्रविधि र अन्य विशिष्ट विषयमा समेत लेखापरीक्षण गरिएको छ। महालेखा परीक्षकले सार्वजनिक निकायहरूमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अझै सुदृढ गर्नुपर्ने खाँचो औंल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?