ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

बुटवल पूर्ण खोप र संस्थागत प्रस्तुति नगरपालिका

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बुटवल, ३१ बैशाख ।

बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ ।

मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पूर्ण खोप दीगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणा भएको हो । स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूको पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइले २०८१ र ०८२ मा बुटवल उपमहानगरपालिका बिभन्न सुचकहरू पुरा गरेर घोषणा हुनेमा बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी सफलता हाशील गर्न शुभकामना दिए ।

धेरै चिजमा आत्मनिर्भर भए पनि रूपन्देही जिल्ला पोषणमा कमि,मातृ मृत्युदर बढी देखिएको भन्दै भविष्यमा यसलाई सुधार गर्ने तर्फ सरोकारवालाहरू सबै लाग्नुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई गतबर्षनै “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणा गर्ने तयारी भएकोमा केही कारणले एक बर्ष ढिलाइ भएको भन्दै एक बर्ष ढिलागरी घोषणा गर्दा पनि बुटवल जिल्लामै पहिलो हुन सफल भएकोमा खुसी ब्यक्त गरे ।

स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका सहित सबै सरोकारवालाहरूको सहयोगमा बुटवल जिल्लामै पहिलो“पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणा हुन सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले नसर्ने रोग रोकथाम चुनौतिपूर्ण भएको बताए ।

शैक्षिक सुचकांक सुधार गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले विद्यालय नगएका बालबालिका खोज्न टोल टोल र घर घरमै पुग्दा बालबालिकालाई विद्यालय नपठाएर सडकमा माग्न पठाउने गरेको पाइएको स्मरण गर्दै उनले बालबालिकालाई विद्यालय नपठाए सेवा सुबिधा रोक्ने चेतावनी दिएपछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुकासाथै सरसफाइ र हरियालीमा समेत अगाडि देखिएको जानकारी गराए । अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणा सम्बन्धि प्रतिवेदन वाचन गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवाली, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद पराजुली,बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयलगायतले “पुर्ण खोप दिगोपना सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका” घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रक्रियाका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?