ट्रेंडिंग:

>> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

असिनापानीले मकैबालीमा क्षति

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बर्दिया,३१ बैशाख ।

बर्दियाको मधुवन नगरपालिकामा एक साता अघि साँझ परेको असिनापानीले डेढ करोड बराबरको खेतीवाली क्षति गरेपछि किसान मारमा परेका छन् । असिनाका कारण हिउँदे बाली, बसन्ते मकै र तरकारी खेतीमा पुर्ण क्षति पु¥याएको हो । प्राकृतिक विपत्तिले लाखौंको लगानीमा लगाइएका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू मारमा परेका छन् । तरकारी खेती र बसन्ते मकै खेतीमा करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । मधुवन नगरपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ मा गरी लगभग १ सय विगाहा खेतबारीमा लगाइएको काक्रो, फर्सी, बोडी, घिरौंला लगायतका लहरेवाली तथा बसन्ते मकै पूर्ण रूपमा क्षति पुगेको मधुवन नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले बताए । असिनाले क्षति पुर्याएको तरकारी बाली र बसन्ते मकैमा उत्पादन शुन्य रहने गरी नष्ट भएको छ ।

असिनापानीले बसन्ते मकै, खुर्सानी ड्राईगन फ्रुटहरुमा पुर्ण क्षति पुर्याएको छ । लाखौ रुपैयाँ ऋृण लिएर गरिएको कृषि कर्ममा मौसम नत सरकारले नै साथ दिएको स्थानीय कृषक चित्रबहादुर लामिछानेले दुःखेसो पोखे । प्राकृतिक विपत्तिले न त रुन सकिएको छ, न त हाँस्न नै । कृषिमा भएको प्राकृतिक क्षतिले विदेश पलायन हुने अवस्था आउँन सक्ने स्थानीय अर्का कृषक सृजना चौधरी बताइन । ऋण तिर्न सकस हुने अवस्था आएको उनको भनाई छ ।

अविरल असिनाले लगाएको बाली नष्ट हुँदा साह्रै चित्त दुखेको स्थानीय कृषक धर्म प्रसाद पन्थ बताए । यस्तो विपतको समयमा समेत नगरपालिकाबाट किसानको घरदैलोमा कोही पनि सोधपुछका लागि न पुगेको भन्दै उनले दुःखेसो पोखे । बर्दिया जिल्ला अन्न भण्डारको रूपमा परिचित छ । तर अन्न उत्पादन गर्ने किसानहरू मारमा पर्दा दुखेसो सुनिदिने कोहि छैन । किसानहरुलाई राहत तथा क्षतिपूर्ति दिन तत्काल संघीय, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने स्थानीय किसानको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?