© २०२३
दाङ,३० बैशाख ।
दाङको बंगलाचुली गाउँपालिका–७ मा घरायसी विवादकै क्रममा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।
५३ वर्षीया संगिता सुनारी मगरले आफ्ना ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरलाई हिजो राति करिब १० बजे दाउरा र लाइट प्रयोग गरी घाँटी र टाउकोमा प्रहार गर्दै हत्या गरेको बंगलाचुली गाउँपालिका–७ का वडाध्यक्ष गिर बहादुर थापाले जानकारी दिए ।
वडाध्यक्ष थापाका अनुसार घटना घरायसी झगडाको कारण भएको हो। मादक पदार्थ सेवनका कारण श्रीमान–श्रीमतीबीच लामो समयदेखि झगडा हुने गरेको पनि उनले बताए ।
घटनापछि प्रहरीले संगिता सुनारी मगरलाई नियन्त्रणमा लिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।