Butwal Today

तिनाउ नदीमा डुबेर दुई जनाको मृत्यु

३० बैशाख २०८२, मंगलवार
अ+
अ-

बुटवल, ३० बैशाख ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । सोमबारदेखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ बर्षीय अभिषेक श्रेष्ठ र दिपेश सुवेदीको शव भेटिएको तिनाउ गाउँपालिका वडा नम्बर–३ का जनप्रतिनिधि टंकनाथ बस्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?