© २०२३
नवलपरासी,पश्चिम् ।
बर्दघाट–४ को हरियाली नगरमा पाँच दिने निःशुल्क योग विज्ञान शिविर आजबाट शुरु भएको छ ।त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र जिम्मेवारले आयोजना गरेको उक्त शिविरमा पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण गरेका छन ।
जेष्ठ ३ गते सम्म सञ्चालन हुने योग शिविरको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्दै अहिलेको जिवनशैलीले मानिसहरु तनाब मुक्त जीवन बिताइरहेको अवस्थामा स्वस्थ्य जिवनशैलीका लागि योग अपरिहार्य रहेको बताए । योगलाई अभियानकै रुपमा सबै वडामा लगेर स्वस्थ्य नगर बनाउने उद्देश्य रहेको उनले उल्लेख गरे ।
पतञ्जली योग समिति नेपालका नवलपरासी जिल्ला अध्यक्ष नरपति पाण्डे,पतञ्जली योग समिति नेपाल महिला समितिकी अध्यक्ष जिवनकला सुवेदी, लगाएतको उपस्थिति रहेको निःशुल्क योग विज्ञान शिविरमा परासी,भुमही,भुताहा,बर्दघाट,बाढीपिडित,जिमिरेभार,गंगावस्ती लगाएतका क्षेत्रबाट योग शिवरमा सहभागिता जनाएका छन ।
जिल्लामा पछिल्लो समय योगको महत्व र आवश्यकता सबैले बुझन थालेपछि ठाँउ–ठाँउमा योग समितिहरु गठन भैरहेको र आम मानिसको उल्लासमय सहभागिता भएको बताइएको छ ।
दैनिक १ हजार व्यक्तिहरुलाई योग सिकाउने लक्ष्य लिएको आयोजकले नगरका सबै व्यक्तिहरुको असन्तुलित खान पान र व्यस्त जिवनशैलीका कारण सृजना हुने दिर्गरोगलाई योग तथा ब्यायामका माध्यामले कम गर्ने र स्वस्थ्य राख्ने , मानशिक रोग र तनाव कम गर्ने लक्ष्यलिएर योग शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक पंगेनीले बताए ।