© २०२३
दाङ, ३० बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार, बैशाख २७ गते दिउँसो करिब १ बजे खेल्न गएकी बालिकालाई चाउचाउ खान दिन्छु भन्दै सोही स्थानका १६ वर्षीय किशोरले आफ्नै घरमा लगेर कोठाभित्र जबरजस्ती करणी गरेका थिए । बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।
जाहेरी प्राप्त भएलगत्तै प्रहरीले ती किशोरलाई सोमबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ । दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर हाल अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य परीक्षण पछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।