ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गीता गुरुङको राजीनामाः बेलायतबाट फर्केर सांसद, पार्टीसँग असन्तुष्टी बढेपछि राजीनामा

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

बुटवल —

प्रदेशसभामा सबैभन्दा कम उपस्थित हुने गरेकी जनमत पार्टीकी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमा बसेर लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी पठाएकी छन् ।

उनी २ महिनादेखि बेलायतमा बस्दै आएकी छन् । तर, मंगलबार उनले आफ्ना श्रीमान् कैलाश गुरुङमार्फत बेलायतबाटै हस्तलिखित राजीनामा पत्र लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीसमक्ष पठाएकी हुन् । राजीनामा दिएको समाचार बाहिरिए पनि समाचार तयार पार्दासम्म सभामुखसमक्ष राजीनामापत्र पुगेको छैन । उनले अन्य विवरण भने सार्वजनिक गर्न खोजेनन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् ।

लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थित हुने प्रदेशसभा सदस्य हुन् । उनी चौथो अधिवेशनसम्मका ७३ बैठकमध्ये ३२ वटामा मात्र उपस्थित भएकी छन् । प्रदेशसभा सदस्य गुरुङ प्रदेशसभामा निर्वाचित भएपछि अहिले तेस्रो पटक २ अहिना अघि बेलायत पुगेकी हुन् ।

यसअघि पनि प्रदेश सभालाई जानकारी नगराई २ पटक बेलायत पुगेर फर्किएको पनि खुलेको छ । उनले सभामुखलाई सम्बोधन गर्दै मंगलबार पठाएको राजीनामा पत्रमा राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् । ‘म मेरो पदमा रही रहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन,’ उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘तसर्थ आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

तर, समाचार तयार पार्दासम्म पनि राजीनामा पत्र सभामुख घर्तीसमक्ष पुगेको छैन । सभामुख घर्ती र प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले राजीनामाको विषयमा प्रदेशसभामा कुनै जानकारी नआएको बताए । ‘विदेश गएको भन्ने पनि प्रदेशसभालाई कुनै जानकारी छैन,’ उनले भने, ‘अब राजीनामा दिएकै भए सनाखत गर्न आफैं उपस्थित हुनुहोला नि त ।’

उनले आफ्नो सेवा र कार्यक्षमताप्रति आशा गरेर बसेका स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ, दिदीबहिनीलगायतका आशाका किरण स्वलुप्त भइरहेको आभाष आफूलाई भइरहेको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् । ‘मप्रति कार्यक्षमताको आशा गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा, दाइभाइ, दिदीबहिनीलगायतका आशाका किरण स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ,’ उनले लेखेकी छन्, ‘देश र जनताको पिर, मर्म मैले राम्ररी बुझेको छु । तसर्थ राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो ।’ उनी सीके रावत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक कोटामा प्रदेशसभामा निर्वाचित भएकी थिइन् । उनका श्रीमान् कैलाश भने अहिले जनमत पार्टी छोडेर उपेन्द्र यादव नेतृत्वको जसपाका केन्द्रीय सदस्य बनेका छन् ।

जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले प्रदेशसभा सदस्य गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र अहिले मोबाइल स्विच अफ गरेको बताए । ‘मैले पनि राजीनामा दिएको भन्ने हल्ला सुनेको छु,’ उनले भने, ‘तर, उहाँ माननीय (गीता गुरुङ) धेरै समयदेखि नै हाम्रो सम्पर्कमा हुनुहुन्थेन, मोबाइल पनि लामै समयदेखि अफ गर्नु भएको छ । मैले पनि प्रदेशसभातिर बुझ्दै छु ।’

लुम्बिनी प्रदेशसभामा पनि गुरुङ सबैभन्दा कम उपस्थित हुने प्रदेशसभा सदस्य हुन् । प्रदेशसभामा उपस्थित पनि नहुने, पार्टीको निर्णय पनि नमान्ने र सम्पर्कमा पनि नरहने गरेका कारण पार्टीमा पनि समस्या भइरहेको उनले बताए । ‘सभामुखज्यूसँग कुराकानी गरेर राजीनामा स्वीकृत गर्न लगाउँदै छौं,’ उनले भने, ‘पार्टीको विधि र विधानमा नबस्नेलाई पदमा राखिरहनु हुँदैन ।’

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भने सभामुख र प्रदेशसभा सचिवालयमा अहिलेसम्म राजीनामा विषयमा कुनै जानकारी नआएको बताए ।

‘अहिलेसम्म सभामुखसमक्ष कसैको पनि राजीनामा आएको भन्ने विषय जानकारीमा छैन,’ उनले भने, ‘बाहिर सार्वजनिक भएको राजीनामा पत्र पनि संसदीय अभ्यासअनुसार सभामुखलाई सम्बोधन गर्न मिल्ने भाषामा देखिँदैन ।’ उनले राजीनामा पत्र प्राप्त भएको अवस्थामा सम्बन्धित प्रदेश सभा सदस्यले सभामुखसमक्ष प्रत्यक्ष सनाखत गरेपछि मात्र स्वीकृतिको प्रक्रियामा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?