ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

अवैधानिक भैरव मन्दिर व्यवस्थापन समिति

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

पाल्पा, ३० वैशाख।
संघीय सरकार अन्तर्गत गुठी संस्थान ऐनलाइ मिचेर स्थानीय सरकारले आफू अनुकूलको कानुन बनाएर पछि भैरबनाथ मन्दिरको व्यावस्थापन समितिको गठन प्रकृया प्रतिदिन गहिरिदै गएको छ । रिब्दीकोट गाउँपालीकाको भैरव मन्दिर व्यवस्थापन समितीको पधावधी सकिएपछि नयाँ समितिको गठन प्रकृयालाई संघीय कनुन अनुरूप गर्नुको सट्टामा आफू खुशी नयाँ समितिको गठन प्रकृया अगाडि बढाएपछि विवाद छताछुल्ल भएको हो ।

संघीय कानुन अनुरूप वडा भेलाबाट प्रस्तावित भएका व्यक्तीलाई गाउँपालीकाको कार्यपालिकाको बैठकबाट अनुमोदन गरी गुठी संस्थानलाई सिफरिस गर्नु पर्नेमा, विना अनुमोदन, आफ्नै ऐनमा टेकेर सिफारिस गरेका कारण स्थानीय सरकारले गठन गरेको समितिले हालसम्म पूर्णता पाउन सकेको छैनन् । वडा भेलामा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयका प्रतिनिधि राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिको रोहवरमा हुनुपर्नेमा वडाका प्रतिनिधि र राष्ट्रिय जनमोर्चा र नेकपा माओवादीका कार्यकर्ता सम्मिलित भेलाबाट गठित समितिलाई गाउँपलिकाले पूर्णता दिनका लागि गुठी सस्थानलाई पत्राचार गरी कानुनी धजीया उडाएको व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पोखे्रल बताउँछन् । उनले भने “संघीय सरकार र गुठी संस्थानको ऐन, नियम र कार्यविधि विपरीत समिति गठन गरिएको छ, पालिकाले आफै ऐन बनाएर काम गरेको दावी गरे पनि त्यसो गरेको देखिदैन ।” पोख्रेलले भेलामा निवर्तमान अध्यक्षले समितिको आय–व्यय प्रस्तुत गर्ने प्रावधान भए पनि आफुलाई जानकारी नै नगराएको बताए । उनको गत साउन देखिनै पधावधी सकिएपछि स्थानीय सरकारको मन्दिर व्यास्थापन समिति प्रति गिद्धे दृष्टी लगाएको स्थानीयहरु बताउछन् । अर्थिक रुपमा पटक पटक व्यवस्थापन समिति पार्दशी नभएको विगतको इतिहास बोकेको व्यवस्थापन समिति प्रति स्थानीय सरकारको प्रतिनिधिकोे नीजी स्वार्थ जोडिएका कारण स्थानीय सरकारले आफु अनुकुल समिति बनाएको छ ।

गाउँपालिकाले आफैले बनाएको मठ–मन्दिर व्यवस्थापन ऐन २०८१ मा टेकेर समिति गठन गरेको दावी गरेको छ । पालिकाले उक्त ऐन २०८१ माघ १५ गते गाउँ सभाबाट पारित गराई नयाँ समिति गठन गरिएको भने पनि समिति कार्तिकमा गठन भएको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले संघीय कानुनको अध्ययन नगरेको तर व्यवहारिक पाटो रोजेको बताए । उनले लामो समयसम्म गुठी संस्थानबाट कुनै पनि प्रक्रिया अगाडि नबढेपछि पालिकाले छुट्टै ऐन बनाएर समिति गठन गरेको दावी गरे । अध्यक्ष कार्कीले ऐन बनाएर समिति गठन गरेको भने पनि समिति गठन भएको चार महिनापछि मात्र ऐन गाउँसभाबाट पारित भएको छ । अर्कोतर्फ वडाबाट आएको सिफारिस समेत कार्यपालिकाको बैठकबाट अनुमोदन गराइएको छैन् ।

गोविन्द बहादुर पोख्रेल नेतृत्वमा रहेको समितिको २०८१ साउन २ गते पदावधि सकिएको थियो । २०८१ कार्तिक २७ गते वडाध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा भेला गरी नयाँ समिति गठन गरेको छ । जसको अध्यक्षमा दिलिप रायमाझी, उपाध्यक्षमा गम्भीर आले, सचिवमा वीरेन्द्र मिदुन, सहसचिवमा नरबहादुर आले, कोषाध्यक्षमा धीरेन्द्र प्रधान चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा कमला केसी, सीता थापा, मनकुमारी गाहा र बमबहादुर रायमाझी रहेका छन् । नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले र नेपाली काँग्रेसका प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको भनिए पनि काँग्रेस र एमालेले भने आफ्नो प्रतिनिधि नरहेको दावी गरेका छन् । समितिमा काँग्रेस कोटाबाट राखिएको भनिएका बमबहादुर रायमाझी र कमला केसीले राजीनामा दिइसकेका छन् ।

स्थानीय सरकारले गुठी संस्थानको स्वीकृत विना अनाधिकृत रुपमा समिति गठन गरेको भन्दै नव गंठीत समितिको काम कारवाही रोक्न सम्बन्धित निकायलाई पत्रचार गरेको छ । संस्थानले मालपोत कार्यालय पाल्पालाई अनाधिकृत रुपले गाउँपालिकाबाट नयाँ समिति गठन भई संस्थानको स्वीकृति नलिई सम्पदा क्षेत्रमा हस्तक्षेप गरेको भन्दै उक्त समितिको काम कारवाही रोक्न भन्दै पत्र लेखेको हो । मालपोत कार्यालयका प्रमुख दुर्गा खनालले गुठी संस्थानबाट आएको पत्रका आधारमा स्थानीय तहलाई पत्र लेखी पठाएको तर, त्यहाँबाट अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने आफुले समिति गठन प्रक्रियामा देखिएको समस्या समाधानका लागि पटक पटक पालिकालाई आग्रह गरे पनि चासो नदेखाएको बताए ।

दैनिक रुपमा ठूलो संख्यामा टाढा टाढाबाट भक्तजनहरुको भिड वढ्दै जादा मन्दिरको आम्दानी बढ्दै गएको यस भैरब मन्दिर सेन बंशीय मणी मुकुन्द सेनद्वारा निर्मीत भएको र नीजी गुठी अन्तर्गत भएका कारण गुठी सस्थानद्वारा निर्देशीत मन्दिरको व्यवस्थापन समिति आफू अनुकूलको निर्माता गरी अर्थीक अनिमियतको बाटोमा उन्मुख हुन लागेको स्थानीयहरुको भनाई छ । संघीय कानुन अनुरूप गुठी सस्थानद्वारा नयाँ ऐन अनुरूप मठ मन्दिर सञ्चालन तथा व्यवस्था गर्न र एन २०८१ जारी भएको बखतमा स्थानीय सरकारले गत कार्तिकमा कार्यविधी निर्माण गरी नयाँ गठित समितिलाई पूर्णता दिएको हो । कानुन विपरित समिति गठन भएकोमा गुठी सस्थानले मन्दिर व्यवस्थापन समितिलाई अधिक कारोबार समेत रोक्का गरेको छ । जसले गर्दा दैनिक ठूलो परिणाममा बैंकमा जम्मा हुनपर्ने रकम समेत जम्मा हुन नसक्दा भक्तजनबाट संकलित रकम समेत अपारर्शीयताको बाटोमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?