ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

काठमाडौं, २९ बैशाख ।

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममा लेखेका छन्– टेस्ट क्रिकेटले मलाई परिक्षण गर्यो,  मलाई आकार दियो, मलाई पाठ सिकायो जुन म जीवनभर सम्झिरहने छु। खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। मे ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए ।

डिसेम्बर–जनवरीमा अस्ट्रेलियामा भएको बोर्डर–गावस्कर सिरिजमा विराटको प्रदर्शन राम्रो थिएन। उनले यस सिरिजमा २३.७५ को औसतमा रन बनाए। र ८ मध्ये ७ पटक उनी अफ स्टम्प बाहिरको बलमा आउट भएका थिए । कोहलीले बीजीटीमा ९ इनिङ्समा १९० रन बनाएका थिए । जसमा एक शतक पनि समावेश थियो।विराट कोहलीले १२३ टेस्ट खेलेका छन् । उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् । विराटले ७ दोहोरो शतक प्रहार गरेका छन् । उनी २०१७ र २०१८ मा ‘टेस्ट प्लेयर अफ द इयर’ चुनिएका थिए ।

विराटले इन्स्ट्राग्राममा लेखेका छन्, ‘मैले १४ वर्षअघि टेष्ट क्रिकेटमा पहिलो पटक ब्यागी नीलो जर्सी लगाएको थिएँ । इमानदारीपूर्वक, मैले यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ भन्ने सोचेको थिएन। यसले मलाई परिक्षण गर्यो, मलाई आकार दियो, र मलाई पाठ सिकायो म मेरो जीवनभर मसँग बोक्नेछु।

सेतो जर्सीमा खेल्नु मेरो लागि धेरै विशेष र व्यक्तिगत अनुभव हो। कडा परिश्रम, लामो दिनहरू, साना पलहरू जुन कसैले देख्दैनन्, तर तिनीहरू सधैंभरि तपाईंसँग रहन्छन्। यो ढाँचाबाट टाढा जाँदा यो सजिलो हुने छैन तर यो अहिलेको लागि सही महसुस गर्दछु। मैले यो मेरो सबै दिएँ र यसले मलाई सोचेभन्दा बढी दिएको छ।  म खेलप्रति आभारी छु, मैदानमा भएका मानिसहरू र मलाई यो यात्रामा अगाडि बढाउने सबैलाई। म सधैं मुस्कानका साथ मेरो टेस्ट करियरमा फर्केर हेर्नेछु।’

उनले आफ्नो जर्सी नम्बर ‘२६९’ लेखेर ‘साइनिङ अफ’ लेखेका छन् । उता, बीसीसीआईले पनि विराट कोहलीलाई धन्यवाद दिएको छ । बोर्डले लेख्यो – टेष्ट क्रिकेटमा एक युगको अन्त्य भएको छ तर विरासत जारी रहनेछ । उनले टीम इण्डियामा दिएको योगदान सधैं सम्झिरहनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?