ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

निःशुल्क पाठेघर स्वास्थ्य शिविर

समस्याको पहिचान मात्र होइन, उपचारको ढोका समेत खोलिदियो
२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

चन्द्रौटा, २९ बैशाख ।

“हामी त यस्तो स्वास्थ्य सेवा गाउँमै पाउने कल्पना पनि गरेका थिएनौं”- स्थानीय सबान खातुन भन्छिन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–५ की २९ वर्षीय उनको अनुहारमा खुसी थियो । कारण थियो–गाउँकै एक विद्यालयमा शनिबार आयोजना भएको निःशुल्क पाठेघर स्वास्थ्य जाँच शिविर, जसले उनलाई आफ्नै समस्याको पहिचान मात्र होइन, उपचारको ढोका समेत खोलिदियो ।

यस्तै अर्की स्थानीय ३६ वर्षीय निर्माला श्रीष लामो समयदेखि पाठेघर निरन्तर चेकजाँच गर्दै आएको बताईन् । उनले हर्ष व्यक्त गर्दै भनिन्- “म १२ बर्षदेखि चेकजाँचको फ्लोपमा छु, पाठेघरको समस्याले टाढा धाउने बाध्यता छ । अहिले जाने बेला भएको थियो गाउँमै जाँच गर्न पाउँदा अत्यन्तै हर्षित छु ।”

डालपुरस्थित शिव माध्यमिक विद्यालयमा पाठेघर सम्बन्धी विशेषज्ञ चिकित्सकद्धारा निःशुल्क स्वास्थ्य जाँच शिविर महिला सचेतनाले भरिएको थियो । समृद्धि सामुदायिक विकास सेवा केन्द्र, रुपन्देहीको सहजीकरणमा वडा कार्यालयले आयोजना गरेको एकदिने निःशुल्क शिविरले ८१ जना महिलाहरु लाभान्वित भएका छन् । शिविरमा परीक्षण गरिएका महिलामध्ये ७ जनामा आङ खस्ने समस्या देखिएको थियो, भने २ जनाको अवस्था जटिल देखिएकोले थप उपचारको सिफारिस गरिएको छ ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति रानाले शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, ढाड दुख्ने जस्ता समस्या देखिएको बताईन् । “कम उमेरमा विवाह, सुत्केरीपछि पर्याप्त आराम नपाउनु, भारी बोक्नु र जनचेतनाको कमीले महिलाहरुमा यस्ता समस्या बढेका छन्,” डा. रानाले भनिन् । विशेषगरी ग्रामिण महिलाहरु रोग लुकाउने प्रवृत्तिमा रहने, बोल्न संकोच मान्ने, समयमै उपचार नपाउने हुँदा स–साना समस्याले जटिल रूप लिन सक्ने खतरा बढी हुने उनी बताउँछिन् ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पाठेघर स्वास्थ्य जाँच शिविरले ग्रामिणका महिलालाई निःशुल्क सेवा उपलब्ध गराउँदा अधिकांश महिला लाभान्वित हुनुको साथै जनचेतनाको समेत अभिवृद्धि हुने बताइन् । जनचेतनाका कमीले पाठेघरमा भएका समस्यालाई लुकाउने खोज्ने र समयमा उपचार नगराउँदा देखिएको समस्यालाई मध्यनजर गर्दै उनले स्वास्थ्य शिविरको प्रशांसा गरिन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले वडावासी महिलालाई गाउँघरमै सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । पाठेघरको समस्या जटिल भएकोले क्यान्सर जस्तो भयानक रोगको पत्ता लगाउने र आङ खस्ने समस्याको समयमै उपचार गराउने सम्भावनालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उनले बताए । स्वास्थ्य जाँच शिविरमा डा.ज्योति राना, डा. युवराज अधिकारी, डा. अनुपमा मरासिनी, स्वास्थ्यकर्मी लगायतको टोली शिविरमा खटिएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?