© २०२३
बर्दघाट (नवलपरासी), २९ वैशाख ।
सौर्य विक्रम खड्का स्मृति फाउण्डेशनले बर्दघाट–५ स्थित बन्डाखोलामा वृहत निःशुल्क रुपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ७ सय बढीले निशुल्क सेवा लिएका छन । शिविरको उद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सौर्य विक्रम खड्का स्मृति फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गरेर मानवीय सेवाको काम गरेको बताए । अन्य संघ संस्थाहरुले सञ्चालन गरेको भन्दा धेरै गुणस्तरीय र प्रभावकारी ढंगबाट सञ्चालन भएको उक्त शिविरमा नगरका सबै नागरिकहरुले सेवालिने मौका पाएको भन्दै नगरप्रमुख श्रेष्ठले घर आँगनमै सेवा दिनु असल कर्म भएको बताए ।
उक्त स्वास्थ्य शिविरमा ७ सय ३५ जनालाई स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत प्रदान गरिएको फाउन्डेसनकी अध्यक्ष प्रतिमा सिंह खड्काले जानकारी दिइन ।
नेपाल मेडिकल कलेज काठमाण्र्डाैका जनरल फिजिसियन डा.राम उदगर यादव र हाडजोर्नी रोग विशेषज्ञ अर्थाेपेडेक डा.जमहिरा कुस्वाहा, पाटन अस्पतालका रेडियोलोजिष्ट डा.पवन कुमार चौधरी, विर अस्पतालका जनरल फिजिसियन डा. राकेश रोशन सिंह लगायतको टोलीले स्वास्थ्य शिविरमा सेवा प्रवाह गरेका थिए ।
सुगर, प्रसेर, हाडजोर्नी देखि अल्ट्रा साउण्ड, ईसिजी सम्मको सेवा लिन आउने विरामीहरुले सौर्य विक्रम खड्का स्मृति फाउण्डेशनले अहिले सम्मकै सबैभन्दा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गरे ।
सबै प्रकारका रोगहरुको लागि शिविर सञ्चालन भएकै स्थानमा ल्याब सेवा सहितको सेवा रहेका कारण सेवा लिन आउनेहरु मध्ये सबै भन्दा बढी अल्ट्रा साउण्ड गर्ने सेवाग्राहीहरुको संख्या रहेको नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीले बताए ।
प्रतिमा सिंह खड्काका जेष्ठ सुपुत्र सौर्य विक्रम खड्काको १८ वर्षकै कलिलो उमेरमा निधन भएसंगै छोराको सम्झनामा आमा प्रतिमा सिंह खड्काले आफ्नो बाल्यकालमा हुर्केको स्थान र आमा स्व. मुवा बुन्ना देवि सिंहको सम्झनामा यसरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको परिवारले जनाएको छ ।
२०७९ सालमा स्व.छोराकै नामबाट फाउन्डेशन स्थापना गरेर सामाजिक सेवा गर्दै आएकी खड्काले प्रत्येक बर्ष स्व.छोरा सौर्य बिक्रम खड्काको जन्म दिनको अवसरमा यसरी सामाजिक कार्यमा लगानी गर्ने गरेको उनीहरुले बताए। यसपटक पनि ७÷८ सय ब्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरी ७ लाख जति खर्च अनुमान गरिएको छ ।