© २०२३
गुल्मी, २९ वैशाख ।
गुल्मीमा पौडी खेल्दा खोलामा डुवेर एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ को छल्दी खोलामा पौडी खेल्दा वडा नम्वर ६ का १७ वर्षीय ग्रिस्म शर्मा वेपत्ता भएका हुन् । आइतबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका शर्मा वेपत्ता भएको र निजको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा स्थलगत मुचुल्काका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।