ट्रेंडिंग:

>> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै

गठबन्धन सरकार भ्रष्टाचार लुकाउन बनेको होः वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

दाङ, २९ घोराही ।
नेपाल समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हाल गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार आफ्ना भ्रष्टाचार लुकाउन बनेको आरोप लगाएका छन्। शनिबार दाङको घोराहीमा आयोजित लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले बालकोट र बुढानिलकण्ठ जोडिनुको एउटै कारण भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु प्रकरण रहेको दाबी गरे। उनले यो सरकार देश र जनताको हितका लागि नभई नेताहरू र कार्यकर्ताहरूको स्वार्थ पूर्तिका लागि बनेको बताए।

“भ्रष्टाचारका फाइल खोल्न होइन, बन्द गर्न कांग्रेस र एमाले एक भएका हुन्,” उनले भने।पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले पनि सरकारको आलोचना गर्दै सत्तामा रहेका नेता, कार्यकर्ता र कर्मचारीहरूको सम्पत्ति शुद्धीकरण गर्ने हिम्मत देखाउन सरकारलाई चुनौती दिए। उनले सोही प्रकृतिका मुद्दामा रवि लामिछानेलाई जेल पठाइने र सत्ता पक्षका व्यक्तिहरू सजिलै उम्किने प्रचलन गलत र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरे ।

महासचिव घनश्याम भुसालले दुई तिहाइ बहुमत प्राप्त गरेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन र समावेशी पुनःसंरचनाको अवसर गुमाएको आरोप लगाए। “ओलीले संसद विघटन, दल विभाजनजस्ता कार्य गरेर देशलाई पछाडि धकेले,” भुसालले भने। पार्टीका उपमहासचिव मेटमणि चौधरीले समाजवादी पार्टी मात्र देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे। “कांग्रेसले प्रजातन्त्रको मुद्दा बोकेको हो, त्यो पूरा भइसकेको छ। अहिलेको गणतान्त्रिक अवस्थामा कांग्रेसको आवश्यकता छैन,” उनले भने ।

त्यस्तै उनले एमालेलाई नीति निर्माणको नाममा संस्थागत भ्रष्टाचारमा लिप्त रहेको र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप पनि लगाए।प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले समाजवादी पार्टी संविधानअनुसार जनता समक्ष आफ्ना कार्यक्रम लिएर जान सफल भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादलाई महाधिवेशनबाट पारित गरी समृद्धिको यात्रामा अघि बढिरहेको बताए।कार्यक्रममा सहभागी बृस्पति अधिकारी, अब्दुल हुसेन खाँ लगायत नेताहरूले शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि समाजवादी पार्टी नै एक मात्र विकल्प भएको धारणा व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?