© २०२३
चन्द्रौटा, २८ बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, नेवलागन्जमा आइतबार एक युवकको मृत्यु भएको छ । आइतबार विशवा खोलामा झोलुङ्गे पुलको फाउन्डेशन खन्ने क्रममा नेवलागञ्ज बस्ने ३० वर्षीय केशब थापाको बिहान करिब ११ बजे मृत्यु भएको हो ।
नेवलागञ्ज–मधनगरा जोड्ने खोलामा निर्माणाधीन पुलको फाउन्डेशन खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा कामदार थापा र सर्जुलाल चौधरी गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार उपचारको क्रममा आधारभूत अस्पताल चन्द्रौटामा थापाको मृत्यु भएको हो । अर्का दुर्घटनामा घाइते भएका ४८ वर्षीय चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए । निर्माण स्थलमा सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ ।