ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

धनौराका स्थानीय भन्छन्ः ‘बाघसँग हामीलाई पनि जोगाउ’

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

बर्दिया, २८ वैशाख ।
हेर्दा जति रमणीय देखिन्छ । उत्तिकै स्वच्छ पनि । चारै तिर जंगल अनि हरियालीले रमणियको मुख्य कारण हो । जहाँ दक्षिणमा भारतको जंगल अनि पूर्वपश्चिम र उत्तर तर्फ खाताको जैविक मार्गको जंगल छ । जहाँ करिब २ सय ५० घरधुरी रहेको गाउँ छ । यस क्षेत्रमा नेपाल सरकारले बाघ संरक्षणको योजना ल्याएपछि बाघको संख्यामा बृद्धि हुँदै गएको छ । बाघ बढ्दा बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ धनौराका स्थानीयहरू त्रासमा बाँचिरहेका रहेका छन् ।

गाँउमा दैनिकजसो केही न केही घट्ना घटिरहेको हुन्छ । दुई बर्ष पहिला बाघले मानिस मारेको घट्ना पनि ताजै जस्तो लाग्छ त्यही घट्ना फेरी नदोहोरियो भनेर, हरेक दिन बाघले बाख्रा, गाई भैँसी मारेको हुन्छ । त्रासले गाउँका मानिसहरू हरेक रात पहरा दिन (जागराम) गर्नु पर्ने बाध्यता आइसकेको छ । बाघसँग बाच्न दिनमै कठिन भएको छ गोठाला गएको बेला बाघले अक्रमण गरिहेको हुन्छ र गाँउमा पस्ने गरेको हुन्छ । बाघ दिनमै गाँउ पस्ने गरेको गाउँलाई सुरक्षित गर्नका लागि जागराम गरेका हुन्छन ।

केही समय पहिला यो भन्दा घना जंगल थियो तर यस्ता केही घट्ना घटेका थिएनन् । तर भारतले आफ्नो जंगल आफ्नो तर्फ जाली लगाएर लगाएपछि भारतका सबै बाघहरू नेपाल तर्फ आएर आहरा खोज्न थालेपछि धनौरामा घट्ना बढेका छ । धनौरा भारतको सिमा सँगै जोडिएको छ । भारतको जंगल पारी त्यहाँ पनि बर्दिया भन्ने गाउँ छ त्यो गाउँ सिमा सम्म भारतले तारको जाली लगाएको छ । भारतको मानव बस्तीमा बाघ पस्न नपाएपछि भारतका बाघहरू आहारा खोज्नका लागि नेपाल पस्ने गरेको अनुमान भएको मधुवन नगरपालिका वडा नम्वर ३ का भगवानदिन चौधरीले बताए ।

उनले भने, –‘पहिला घना जंगल हुदाँ केही घट्ना घटेको थिएन तर जंगलको क्षेत्रफल कम हुँदै गएपछि बाघको संख्या पनि धेरै भएको कारणले बाघहरू गाँउमा मानिस र घरपालुवा जनावरलाई आहरा बनाउन थाले । मेरो गाँउमा २ बर्ष पहिला बाघले मानिस मारेको थियो त्यसपछि मानविय घट्ना भएको छैन तर बाघ गाउँमा आएर खोरबाट बाख्रा गाई भैँसी मार्ने गरेको चौधरीको बताए । उनका अनुसार बाघले गोठालामा गएका गाई भैँसी बाख्रा मार्ने गर्छ र गोठालामा नभेटे गाँउमा पस्ने गरेको हुन्छ । धनौरामा त्यस्तो कुनै घर छैन जुन घरको घरपालुवा जनावरलाई बाघले मारेको छैन । जिल्ला वन कार्यालय बर्दियालाई खबर गर्दा आउछन र हेरेर जान्छन तर त्यसको समस्या समाधानमा कुनै चासो देखाएका छैनन् । घट्ना घट्दा हरेक पछि वनका कर्मचारीहरू छानविन गर्न आउछन त चासो भने देखिएका छैन ।

धनौरामा बसोबास गर्दै आएको करिब ३३ बर्ष भयो तर करिब ३–४ बर्ष देखि यता घटेको घट्ना पहिला नघटेका धनौराका स्थानीय बुद्धिबहादुर जिसीले बताए । पहिलमा गाउँको चौकीदार हुने गर्थे तर २ बर्ष भयो उमेर बढी भएको कारणले चौकीदारी गर्न छोडे, जब बाघले आक्रमण गर्न थाल्यो अनि यो बढो उमेरमा बाघसँग लड्ने क्षमता पनि भएन त्यसकारणले चौकीदारको काम छोडे । दिनमा बाघ जंगलको छेछाउमा देखा परेपनि राती घरपालुवा जनावरलाई अक्रमण गर्नका लागि बाघ गाँउ पस्ने गरेको हुन्छ । हिजोको कुरा हो साझा ७ बजेकै थियो त्यही बेला गोठमा आएर बाख्रा खाइदियो ।
गाँउले भेला हुदाँ हुदैँ बाघले बाख्रा लगरे जंगल पस्यो ।

अलिो मकैबाली मात्र गाँउका किसानहरूले लगाएका छन जस कारण मकै बालीमा बाँदर अतांक धेरै छ । मकै बाली भएको खेततिर मात्र जागराम गर्नु पर्छ । तर धान हुने सिजनमा हरेक रात जागराम गर्नु पर्छ । जागराम नगरे हात्ती र गैँडा आएर धान बाली खाएर क्ष्यति गर्ने गरेका हुन्छन । जिल्ला वन कार्यालय बर्दियाका वन रक्षकहरू घट्ना भएको बेला आउँछन तर राती सुरक्षाको लागि कोही पनि आउदैन । यो गाँउमा हात्तीले धान बाली खाएको बेला एक पटक मात्र क्षतिपूर्ति पाएको देखेको स्थानीय जिसीले बताए ।

मधुवन नगरपालिकाले आफ्नो बजेट अनुसार वन क्षेत्रमा गाउँलाई छेक्ने गरी तारवार गरिरहेको र मानिसहरूको विमा समेत शुरु गरेको छ । पालिकाले पश्चिम तारा नेपाल सहकारी सँग सहकार्य गरेर मानिसको विमा शुरु गरिसकेको पालिकाका नगरप्रमुख तेज बहादुर भाटले बताए । हामीले मानिसहरूको विमा छिट्ट सकाएर घरपालुवा जनावरहरूको विमा समेत शुरु गर्ने प्रमुख भाटले बताए । जिल्ला वन कार्यालयले बर्दियाको ३ ठाँउमा तारको बार लगाउने काम भइरहेको छ । जिल्ला वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीका अनुसार तत्कालका लागि आफ्नो घर सुरक्षित गर्नका लागि आग्रह गर्ने गरेको र जनचेतना फैलाउने काम भइरहेको बताए । बर्दियाको वन क्षेत्रको जोखिम ठाउँहरूमा तार लगाउने पहिलो प्रथामिकताका साथ काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?