Butwal Today

ओलीको चेतावनी: अब कुनै पनि जेठ १५ मा राजा फर्किँदैनन्

२८ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २८ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूका हालसालका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै तिनीहरूलाई समयको मागअनुसार अगाडि बढ्न सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राजसंस्थाको पुनःस्थापनाको विषयमा उठिरहेका आवाजहरूलाई प्रतिगामी सपना भन्दै ती प्रयासहरू सफल नहुने स्पष्ट पारे।

उनले जेठ १५ गतेदेखि राजसंस्थाको पुनःस्थापनाका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिएको सन्दर्भमा प्रतिक्रिया दिँदै भने, यो वर्षको मात्र होइन, आउँदा कुनै पनि वर्षको जेठ १५ मा यस्तो सपना पुरा नहुने छ। ओलीले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अघि बढ्न सबै पक्षलाई आग्रह गरे। उनले प्रतिगामी सोचको कुनै भविष्य नभएको र त्यसमा जोड दिँदा मुलुकको हितमा नहुने उल्लेख गर्दै वर्तमान संविधानलाई नै मार्गदर्शक बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?