ट्रेंडिंग:

>> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि

लाखौं खर्च गरेर निर्माण गरिएका प्रयोगशाला भवन प्रयोगविहीन

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

सुर्खेत,२८ बैशाख ।
कर्णाली सरकारले निकै तामझामका साथ अघि बढाएको नारा थियो– अर्गानिक कर्णाली प्रदेश । सरकार गठन भएलगत्तै अगाडि बढाइएको मुख्य विषय नै अर्गानिक तथा विषादीमूक्त कर्णाली हो । ‘विषादीमुक्त प्रदेश’ बनाउने भनेर थालेको अभियान अहिले भने गफैमा सीमित बनेको छ । कर्णाली प्रदेश भित्रिने प्रमुख दुई नाकामा विषादी प्रयोगशाला सञ्चालनमा ल्याउने अवधारणा ०७५ सालमै प्रदेश सरकारले ल्याएको थियो । सोही अनुसार आर्थिक वर्ष ०७५/०७६ मा सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला निर्माणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरियो । दुई ठाउँमा प्रयोगशालाको भवन निर्माण भए पनि अहिलेसम्म सञ्चालनमै आउन सकेका छैनन् । अहिले दुवै ठाउँका प्रयोगशाला भवन जिर्ण बन्दै गइरहेका छन् ।

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार भेरीगंगा नगरपालिका–४, स्थित हर्रेको विषादी प्रयोगशाला भवन बनाउन जग्गा खरिददेखि भवन निर्माणमा ७० लाख रुपैयाँ खर्च भएको छ । यस्तै कपुरकोटको भवनमा पनि सोही अनुसार रकम खर्च भएको छ । कपुरकोटमा ०७६ सालमै भवन निर्माण कार्य सम्पन्न भइसकेको थियो । २०७७ सालमा निर्माण सम्पन्न भइसकेको हर्रेको प्रयोगशाला भवन पनि अहिले जीर्ण बन्दै गएको छ । विषादीमुक्त प्रदेश बनाउने तत्कालीन सरकारको उद्देश्य रहेतापनि सरकार फेरबदलसँगै उक्त अभियानले सार्थकता पाउन सकेन ।

भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका प्रवत्ता धनबहादुर कठायतका अनुसार आवश्यक बजेट र जनशक्ति नहुँदा प्रयोगशाला भवन प्रयोगमा आएको छैन । ‘भवन बने पनि त्यसका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न बजेट र जनशक्तिको खटनपटन हुन सकेन,’ उनले भने, ‘अहिले भवन जीर्ण हुँदै गइरहेको छ ।’ प्रदेशको दुई वटा नाकामा प्रयोगशालाको भवन बनेपनि त्यहाँ जनशक्ति र मेसिन नहुँदा भवन प्रयोगविहीन बनेको उनको भनाई छ । अब प्रयोगशालामा आवश्यक पर्ने सामाग्रीहरु खरिदका लागि टेण्डर हुँदैछ । यसपछि जनशक्तिको पनि व्यवस्था भयो भने सञ्चालनमा आउने उनले बताए । कठायतका अनुसार चालु आर्थिक वर्षबाटै प्रयोगशालाको भवन सञ्चालनका कामहरु सुरुवात हुनेछन् ।

विषादी प्रयोगशालाको भवन प्रयोगविहीन भएको विषयमा संसदमा पनि कुरा उठेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले प्रदेश सभाको हिउँदे अधिवेशमा उक्त विषय उठान गरेकी थिइन् । ‘यति ठूलो रकम खर्च गरेर विषादी प्रयोगशालाको भवन निर्माण त भयो तर, सञ्चालन भएन’ उनी भन्छिन्, ‘यही विषय संसदमा उठाएको थिए तर, कर्णाली सरकार चुप बस्यो ।’ कर्णाली भित्रिने तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा विषादी हालिएको भेटिन्छ तर, विषादी परिक्षणका लागि लाखौ खर्चिएर बनाइएका भवन प्रयोगविहीन हुँदा पनि सरकार यसतर्फ अघि नबढेको उनको भनाई छ । ‘संसदमा हामीले कुरा उठाइरहने तर, यसको हामीले जवाफ नपाउने भएपछि यहाँ प्रश्न उठान गर्नुको कुनै औचित्य नै रहेन’ उनी भन्छिन्, ‘हामीले उठाएका प्रश्नको जवाफ नै पाउँदैनौ ।’ सरकारको यस्तो प्रवृत्तिले अर्गानिक प्रदेशको नारा गफैमा सीमित बनेको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?