Butwal Today

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री

२८ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २८ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरको विकासमा मात्रै आफ्नै ध्यान नदिने बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिदैँ सो धारणा राखेका हुन् ।

‘म बिराटनगरको मेयर होइन, त्यसको मात्रै चिन्ता लिएर बस्नु, मैले कर्णालीको पनि चिन्ता लिनु पर्छ,’ उनले भने, ‘सहर निर्माण प्रतिस्पर्धामा हुन्छ, हिजो बिराटनगर पहिलो थियो, अहिले अरूले जित्यो होला, आफ्नै नगर कसरी बनाउने हो भन्ने बारेमा पहिलो त्यहाँको जनप्रतिनिधि र मेयरले नै बढी चासो लिनुपर्छ, त्यसका लागि मेहनत गर्नु पर्छ ।’ बिराटनगर बनाउन त्यहाँका स्थानीय जनप्रतिनिधिले नै मेहनत गर्नु पर्ने उनकाे सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?