ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रदेश जोड्ने ‘नमुना पुल’ मा भुल

प्राविधिकका अनुसार राम्दीको पुल नेपालकै नमूना पुल हो । १ सय २० मिटर लामो रहेको यो पुल डिजाइन भुटानमा एक, चीन र दुवईमा भने प्रसस्तै छन् ।
२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

पाल्पा, २८ बैशाख ।
तराई पहाडलाई मात्र नभएर हिमाललाई पनि जोडछ । त्यतिमात्रै होइन दुई प्रदेशलाई पनि जोड्छ । तर त्यही ‘नमुना पुल’ को निर्माणमा ढिलाई भइरहेको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको देशकै एक मात्र नमुना पुलको निर्माण कार्यले गति लिन सकेको छैन् । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई जोड्ने राम्दीको पुल निकै पुरानो र जिर्ण हुँदै गएपछि थाइलाण्डका डिजाइनरले डिजाइन गरेको नमुना पुलको निर्माणको म्याद सकिन लाग्दा ७० प्रतिशत मात्र भौतिक प्रगती भएको छ ।
तिन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २७ करोड ७१ लाख ९ हजार ६ सय रूपैयाँमा चितवनको हिम शिखर सगरमाथा प्रा.लीले २०७९ सालको आसार ३१ गत ठेक्का संझौता गरेपनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै तिव्र गतिमा काम नगर्दा भौतिक प्रगति पुरा हुन नसकेको स्थानीयहरू बताउँछन् । राम्दीका स्थानीय नन्द किशोर अमात्य भन्दछन् २०२८ सालमा निर्मीत पुलको भारवहन क्षमता १२ टन हो । जव काली गण्डकी जलविद्युत परियोजना निर्माणका लागि निर्माणजन्य सामग्री र अन्य सामग्री ढुवानी गर्दा अत्याधिक भारवहन युक्त माल वाहक गाडी अत्यधिक मात्रामा गुड्दा पुल भत्केको थियो । पुलको मर्मत सभांरको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन पनि गरेका थिए ।

ठूलो प्रयासबाट पुल निर्माणका लागि अगाडि बढेको हो । तर निर्माण कम्पनीले समयमा काम पुरा गर्न नसकेको उनी बताउँछन् । राम्दीमा निर्माण हुने पुल देशकै एक नमुना पुल हो । यस्तो डिजाइनको भुटानमा एक, चिन दुवइमा प्रसस्त छन् । यो प्रकारको पुल नेपाल कै पहिलो हो । १ सय २० मिटर लामो हुने प्राविधिकहरू बताउँछन् । सिद्धार्थ राजमार्ग निर्माण कार्य पुरा भएपछि नदीमा फेरी मार्फत सवारीका साधन वारपार गर्ने हो । जब पुल बन्यो त्यसपछि हिउद न वर्षा बाह्रै महिना आवतजावत गर्न सजिलो भएको पुराना पुस्ताका स्थानीय राम प्रसाद अर्याल बताउँछन् । निर्माण कम्पनीले ठेक्का संझौता गरेको एक वर्षसम्म कामको सुरुवात नगरी बस्यो । बाँकी दुई वर्ष पनि काम सुस्त सुस्त अगाडि बढाएको हो । निर्माण कम्पनीलाई काम लगाउने कार्यालय पनि टाढा भयो । पोखरा बाट यहा हेर्ने हो । त्यसैले गर्दा पनि काममा ढिलो भएको कपिल दर्लामी बताउँछन् ।

पहिलो त पुलमा हलुका सवारीका साधन गुड्दा पनि हल्लने गर्दथियो । पाच दशक भन्दा पुरानो पुलको रंग रोगन भन्दा केही भएको थिएन । नटबोल्ट कहाबाट कुन बेला फुस्कने हो त्रास थियो । नया पुल निर्माण हुन लाग्दा निकै खुसी भएको र दुवै जिल्लाको ठेक्का सम्झौता गरेको एक वर्ष सम्म निर्माण कम्पनी निर्माण स्थलमा नआउदा त आशा नै मरि सकेको थियो । ढिलो नै आयो र काम पनि ढिलो नै भएको स्थानि खुमकला श्रेष्ठ बताउँछिन् । २०२८ सालमा निर्माण कार्य पुरा भई तत्कालिन प्रधान मन्त्री किर्तीनिधी बिष्टले उद्घाटन गरेका हुन् । पहिले पहिले सडकमा सवारीको चाप नै थिएन । पछिल्लो समयमा भारतदेखि चिनको सिमाना सम्म यातायातका साधनहरू गुड्न लागे । पहिला कम भारवहन युक्तमा मालवहाक साधन थिए । अहिले ४० टन क्षमताका मालवहाक सवारीका साधन गुड्छन् । त्यसैले यसको आवश्यकता भएको स्थानियहरू बताउछन् । बिना स्पानको नया प्रविधिबाट निर्मीत यस पुलले तराई देखि पहाड हुँदै हिमालसम्म व्यापारीक दृष्टिकोणले पनि उत्तिकै महत्व भएको स्थानीयहरू बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?