Butwal Today

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

२८ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आइतबार बहुमतले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेसँगै मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई बहुमतले अनुमोदन गरिएको हो।

बैठकको अर्को महत्वपूर्ण कार्यसूची अन्तर्गत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल होस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेका छन्।

अब आगामी बैठकमा विनियोजन विधेयकमाथिको विस्तृत छलफल सुरु हुने छ, जुन संविधानतः आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नुअघि आवश्यक प्रक्रिया हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?