© २०२३
बर्दिया, २८ वैशाख ।
हेर्दा जति रमणीय देखिन्छ । उत्तिकै स्वच्छ पनि । चारै तिर जंगल अनि हरियालीले रमणियको मुख्य कारण हो । जहाँ दक्षिणमा भारतको जंगल अनि पूर्वपश्चिम र उत्तर तर्फ खाताको जैविक मार्गको जंगल छ । जहाँ करिब २ सय ५० घरधुरी रहेको गाउँ छ । यस क्षेत्रमा नेपाल सरकारले बाघ संरक्षणको योजना ल्याएपछि बाघको संख्यामा बृद्धि हुँदै गएको छ । बाघ बढ्दा बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ धनौराका स्थानीयहरू त्रासमा बाँचिरहेका रहेका छन् ।
गाँउमा दैनिकजसो केही न केही घट्ना घटिरहेको हुन्छ । दुई बर्ष पहिला बाघले मानिस मारेको घट्ना पनि ताजै जस्तो लाग्छ त्यही घट्ना फेरी नदोहोरियो भनेर, हरेक दिन बाघले बाख्रा, गाई भैँसी मारेको हुन्छ । त्रासले गाउँका मानिसहरू हरेक रात पहरा दिन (जागराम) गर्नु पर्ने बाध्यता आइसकेको छ । बाघसँग बाच्न दिनमै कठिन भएको छ गोठाला गएको बेला बाघले अक्रमण गरिहेको हुन्छ र गाँउमा पस्ने गरेको हुन्छ । बाघ दिनमै गाँउ पस्ने गरेको गाउँलाई सुरक्षित गर्नका लागि जागराम गरेका हुन्छन ।
केही समय पहिला यो भन्दा घना जंगल थियो तर यस्ता केही घट्ना घटेका थिएनन् । तर भारतले आफ्नो जंगल आफ्नो तर्फ जाली लगाएर लगाएपछि भारतका सबै बाघहरू नेपाल तर्फ आएर आहरा खोज्न थालेपछि धनौरामा घट्ना बढेका छ । धनौरा भारतको सिमा सँगै जोडिएको छ । भारतको जंगल पारी त्यहाँ पनि बर्दिया भन्ने गाउँ छ त्यो गाउँ सिमा सम्म भारतले तारको जाली लगाएको छ । भारतको मानव बस्तीमा बाघ पस्न नपाएपछि भारतका बाघहरू आहारा खोज्नका लागि नेपाल पस्ने गरेको अनुमान भएको मधुवन नगरपालिका वडा नम्वर ३ का भगवानदिन चौधरीले बताए ।
उनले भने, –‘पहिला घना जंगल हुदाँ केही घट्ना घटेको थिएन तर जंगलको क्षेत्रफल कम हुँदै गएपछि बाघको संख्या पनि धेरै भएको कारणले बाघहरू गाँउमा मानिस र घरपालुवा जनावरलाई आहरा बनाउन थाले । मेरो गाँउमा २ बर्ष पहिला बाघले मानिस मारेको थियो त्यसपछि मानविय घट्ना भएको छैन तर बाघ गाउँमा आएर खोरबाट बाख्रा गाई भैँसी मार्ने गरेको चौधरीको बताए । उनका अनुसार बाघले गोठालामा गएका गाई भैँसी बाख्रा मार्ने गर्छ र गोठालामा नभेटे गाँउमा पस्ने गरेको हुन्छ । धनौरामा त्यस्तो कुनै घर छैन जुन घरको घरपालुवा जनावरलाई बाघले मारेको छैन । जिल्ला वन कार्यालय बर्दियालाई खबर गर्दा आउछन र हेरेर जान्छन तर त्यसको समस्या समाधानमा कुनै चासो देखाएका छैनन् । घट्ना घट्दा हरेक पछि वनका कर्मचारीहरू छानविन गर्न आउछन त चासो भने देखिएका छैन ।
धनौरामा बसोबास गर्दै आएको करिब ३३ बर्ष भयो तर करिब ३–४ बर्ष देखि यता घटेको घट्ना पहिला नघटेका धनौराका स्थानीय बुद्धिबहादुर जिसीले बताए । पहिलमा गाउँको चौकीदार हुने गर्थे तर २ बर्ष भयो उमेर बढी भएको कारणले चौकीदारी गर्न छोडे, जब बाघले आक्रमण गर्न थाल्यो अनि यो बढो उमेरमा बाघसँग लड्ने क्षमता पनि भएन त्यसकारणले चौकीदारको काम छोडे । दिनमा बाघ जंगलको छेछाउमा देखा परेपनि राती घरपालुवा जनावरलाई अक्रमण गर्नका लागि बाघ गाँउ पस्ने गरेको हुन्छ । हिजोको कुरा हो साझा ७ बजेकै थियो त्यही बेला गोठमा आएर बाख्रा खाइदियो ।
गाँउले भेला हुदाँ हुदैँ बाघले बाख्रा लगरे जंगल पस्यो ।
अलिो मकैबाली मात्र गाँउका किसानहरूले लगाएका छन जस कारण मकै बालीमा बाँदर अतांक धेरै छ । मकै बाली भएको खेततिर मात्र जागराम गर्नु पर्छ । तर धान हुने सिजनमा हरेक रात जागराम गर्नु पर्छ । जागराम नगरे हात्ती र गैँडा आएर धान बाली खाएर क्ष्यति गर्ने गरेका हुन्छन । जिल्ला वन कार्यालय बर्दियाका वन रक्षकहरू घट्ना भएको बेला आउँछन तर राती सुरक्षाको लागि कोही पनि आउदैन । यो गाँउमा हात्तीले धान बाली खाएको बेला एक पटक मात्र क्षतिपूर्ति पाएको देखेको स्थानीय जिसीले बताए ।
मधुवन नगरपालिकाले आफ्नो बजेट अनुसार वन क्षेत्रमा गाउँलाई छेक्ने गरी तारवार गरिरहेको र मानिसहरूको विमा समेत शुरु गरेको छ । पालिकाले पश्चिम तारा नेपाल सहकारी सँग सहकार्य गरेर मानिसको विमा शुरु गरिसकेको पालिकाका नगरप्रमुख तेज बहादुर भाटले बताए । हामीले मानिसहरूको विमा छिट्ट सकाएर घरपालुवा जनावरहरूको विमा समेत शुरु गर्ने प्रमुख भाटले बताए । जिल्ला वन कार्यालयले बर्दियाको ३ ठाँउमा तारको बार लगाउने काम भइरहेको छ । जिल्ला वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीका अनुसार तत्कालका लागि आफ्नो घर सुरक्षित गर्नका लागि आग्रह गर्ने गरेको र जनचेतना फैलाउने काम भइरहेको बताए । बर्दियाको वन क्षेत्रको जोखिम ठाउँहरूमा तार लगाउने पहिलो प्रथामिकताका साथ काम भइरहेको बताए ।