Butwal Today

अत्यावश्यक लाइसेन्स छपाइ सेवा अनिश्चितकालका लागि बन्द

२८ बैशाख २०८२, आइतबार
अ+
अ-

 काठमाडौं,२८ वैशाख।

यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा आएको समस्या समाधान नभएकाले सेवा रोकिएको विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै जनाएको हो।

अध्ययन तथा रोजगारीका लागि विदेश जान लागेका नेपाली नागरिक, शान्ति सेना मिसनमा खटिन लागेका नेपाली सेना तथा प्रहरी, र गैरआवासीय नेपालीहरूलाई लक्षित गरी प्रदान हुँदै आएको यो सेवा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएको जानकारी दिइएको छ। प्रिन्टिङ प्रणाली कहिले सुधार हुन्छ भन्नेबारे विभागले स्पष्ट जानकारी भने दिएको छैन। यस सेवाको पुनः सञ्चालन कहिले हुन्छ भन्ने अनिश्चित रहेकोले सेवाग्राहीहरूले तत्कालका लागि पर्खनुपर्ने अवस्था सिर्जना भएको छ।