ट्रेंडिंग:

>> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित

आगामी वर्षको नीति निर्माणमा जुट्यो बाणगंगा

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

जितपुर, २८ बैशाख ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणको तयारी तीव्र बनाएको छ । पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माणको कार्यहरूलाई तिव्रता दिएको हो । नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा नीति तथा कार्यक्रम निर्माण समिति गठन गरिएको छ । समितिमा नगर उपप्रमुख रिता कुमारी चौधरी, विषयगत समितिका संयोजकहरू, शाखा प्रमुखहरू सदस्यको रूपमा रहनेछन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी सदस्य सचिवका रूपमा रहनेछन् ।

बाणगंगाका नगर प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले शनिबार बसेको कार्यपालिकका बैठकबाट नीति निर्माण प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले नगर प्रमुख अर्यालको संयोजकत्वमा बनेको समितिले नगरको आवश्यकतालाई समेट्ने गरी नीति निर्माणमा सरोकारवालासँग पनि परामर्श गर्ने बताए । कार्यपालिकले नगरभित्रका ११ वटै वडाका लागि बजेट सिलिङ्ग पनि निर्धारण गरेको छ । प्रवक्ता पौडेलले भने, “जनसंख्या, भूगोल, स्थानीय राजस्व र भौगोलिक विकटता जस्ता मापदण्डको आधारमा न्यूनतम १ करोडदेखि अधिकतम १ करोड ४१ लाखसम्मको बजेट प्रत्येक वडामा विनियोजन गरिनेछ ।”

नगर प्रमुख चक्रपाणी अर्यालले सुरु गरेका विकास योजना समयमै सम्पन्न गर्नु बताए । अब आउने नीति तथा कार्यक्रम सन्तुलित, व्यवहारिक र परिणाममुखी हुने उनको भनाई छ । नगर प्रमुख अर्यालले भने “नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा रोजगारीका क्षेत्रमा व्यापक सुधार ल्याउने गरी हामी नीति निर्माण गर्दैछौं । स्थानीयको सहभागिता र सुझावका आधारमा नीति पारदर्शी रूपमा बनाइनेछ ।” नगर उपप्रमुख रिता कुमारी चौधरीले पनि आगामी नीति कार्यक्रम समावेशी हुने जनाउँदै भनिन्, “महिला, दलित, अपाङ्गता भएका व्यक्ति, तथा सीमान्तकृत समुदायको हकहित सुनिश्चित गर्न हामी गम्भीर छौ । नीति निर्माणमा सबैको आवाज समेटिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?