© २०२३
बुटवल, २७ बैशाख । खेलमार्फत भाईचारा विकास गर्ने उदेश्यका साथ बुटवलमा ईन्टर रोट्याक्ट, रोटरी ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । रोट्याक्ट क्लब अफ लुम्बिनी स्टारर्स र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा ओलीपथस्थित देविनगर ब्याडमिन्टन क्लबमा भएको प्रतियोगिताको ब्याडमिन्टन पुरुष सिगलतर्फको उपाधि रोट्याक्ट क्लब अफ तिनाउ सिटिका हिमाल कार्कीले चुमेको छ । फाईनलमा रोट्याक्ट क्लब अफ देवदहका सुमन्त खनाललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन ।
यसैगरि मेन्स डबल्सको उपाधि रोटरी क्लब अफ बुटवल डाउनटाउनका पंकज ज्ञवाली र शम्भु भट्टराईको जोडीले चुमेका छन । फाईनलमा डाउनटाउनकै भानु केसी र दल बहादुर क्षेत्रीको जोडीलाई २०–१९, २०–१८ को सोझो सेटमा पराजित गर्दै ज्ञवाली र भट्टराईको जोडीले उपाधि चुमेका हुन ।
ब्याडमिन्टन महिलातर्फ रोट्याक्ट क्लब अफ बुटवल साउथकी अस्मिता थापाले २–० को सोझो सेटमा रोट्याक्ट क्लब अफ देवदह मेडिकल कलेजकी समृद्धि भट्टराईलाई पराजित गरेकी गर्दै उपाधि चुमिन ।
यसैगरि टेबल टेनिस तर्फ पुरुषमा महेश खनाल विजेता भए । फाईनलमा विपिन क्षेत्रीलाई २–० को सोझो सेटमा पराजित गर्दै खनालले उपाधि चुमेका हुन । टेबलटेनिसकै महिलातर्फ भने रोट्याक्ट क्लब अफ तिनाउ बुटवलका प्रतिमा खरेल विजेता बनिन । उनले फाईनलमा सृजना भट्टराईलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेकी हुन । प्रत्येक विधामा उपाधि विजेतालाई नगद ५ हजार तथा उपविजेतालाई नगद ३ हजार रुपैयासहित, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका पूर्वसदस्य सचिव जय प्रकाश भट्टराईले उद्घाटन गरेको प्रतियोगिताको समापन बुटवल ब्याडमिन्टन क्लबका सहसचिव बाल्दार गोदार, क्लबका अध्यक्ष सरोज पाण्डे, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारी, रोट्याक्ट क्लब अफ लुम्बिनी स्टारर्सका संस्थापक अध्यक्ष बिमल ढकाल, स्टारसका प्रेसिडेन्ट ईलेक्ट गौरव पाण्डे तथा कार्यक्रम संयोजक समिर पाण्डेले पुरस्कार वितरण गरे ।