ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

पठन सिप विकास सम्बन्धी प्रशिक्षण

२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

सल्यान, २७ बैशाख ।
सल्यानमा एकिकृत पाठ्यक्रममा आधारित प्रारम्भिक तहका बालबालिकामा पठन सिप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच श्रीनगरमा तालिमको समापन गरिएको हो ।
प्रशिक्षक प्रशिक्षक तालिम प्राप्त १६ जना शिक्षक तथा साक्षरता सहजकर्ताहरूले प्रारम्भिक तहका अन्य शिक्षकहरूलाई तालिम दिन सक्ने दक्षता हासिल गरेको साक्षरता कार्यक्रम सल्यानले जनाएको छ । सामुदायीक विद्यालयमा प्रारम्भीक तहका बालबालिकाको पठन सिपमा गुणात्मक सुधार गर्नका लागि भन्दै यस प्रकारको तालिम सञ्चालन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिम पश्चात शिक्षकहरूले कक्षामा सिकाउने शैलीमा परिवर्तन हुने अपेक्षा गरे । साक्षरता कार्यक्रमले आफ्नो पालिकामा सकारात्मक परिणाम दिएको भन्दै पालिकाका सबै विद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए । यस्तै दलित विकास समाज सल्यानका सदस्य शालिकराम नेपालीले तालिममा सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट रूपले लागू गर्नुपर्ने धारणा राखे ।

तालिममा सहभागि शिक्षकहरू बनगाड कुपिण्डे नगरपालिकाका पुस्कर विसी, छत्रेश्वरी गाउँपालिकाका टेकनारायण लम्साल, त्रिवेणी गाउँपालिकाका मुना रेग्मी लगाएतले बोल्दै कक्षा कोठामा सिकाइ क्रियाकलाप अझै प्रभावकारी, व्यवहारीक, वैज्ञानिक र समयसान्दर्भिक तरिकाले सञ्चालन गर्न भुमिका खेल्न सक्ने आँट आएको बताएका थिए ।
यसबाट विद्यालयमा पठन सिप सुधार सम्बन्धी क्रियाकलाप संस्थागत रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । गत सोमबार देखि शुक्रबारसम्म पाँच दिन संचालन भएको तालिममा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले विभिन्न विषयवस्तुमा सहजिकरण गरेका थिए ।

मानव संसाधन विकास केन्द्र सुर्खेत र शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय तथा सहकार्यमा, दलित विकास समाज सल्यानको आयोजना र रुम टु रिडको सहयोगमा तालिम सम्पन्न भएको हो । श्रीनगरमा सञ्चालित तालिममा छत्रेश्वरी, बनगाड र त्रिवेणी गाउँपालिकाबाट ५–५ जना र बागचौर नगरपालिकाबाट १ जना सहभागी थिए । स्थानीय  तहमै दक्ष प्रशिक्षक तयार गरी एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउनु, शिक्षकको पेशागत विकासमार्फत शिक्षण सिकाइ प्रक्रियामा गुणात्मक सुधार ल्याउन र साक्षरता कार्यक्रमलाई पालिकाको नीतिगत ढाँचामा समेट्दै दीर्घकालीन योजना निर्माणमा टेवा पु¥याउने उद्देश्य सहित तालिम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए । साक्षरता कार्यक्रम बालबालिकाको पढ्ने बानी र पठन सिप विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिमबाट प्रशिक्षित व्यक्तिहरूले अब शिक्षण सामग्री, पाठ योजना र कक्षा कोठा व्यवस्थापनमा सुधार ल्याउन सहजीकरण गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?