Butwal Today

दाङमा पौडी खेल्ने क्रममा डुबेर एकको   मृत्यु 

२७ बैशाख २०८२, शनिबार
अ+
अ-

दाङ,२७ बैशाख ।

दाङमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ   ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ धरमपुर अक्कासी पाैडी खेल्ने क्रममा एक जना किशाेरकाे मृत्यु भएकाे छ । शनिवार पाैडी खेल्ने भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसीपुरले जनाएकाे छ ।

त्रिवेणी गाउँपालिका वडा न. ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षिय बिक मृत्यु भएकाे हाे । हाल मृतक बिक तुलसीपुर बसाेबास गर्दै आएका बिक साथीहरू सग अम्वाखाेली सामुदायिक बनकाे हाताभित्र निर्माण भएकाे कृत्रिम तालमा नुहाउन पुगे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए  । मृतककाे बिकको शब  परिक्षणका लागि राप्ती प्रादेशिक असपताल तुलसीपुरमा राखीएको छ ।