© २०२३
बुटवल, २७ बैशाख । तिलोत्तमा नगरमा रहेको स्केट एड नेपालमा सामुदायिक पुस्तकालय निमार्ण गरिएको छ । स्केट खेलाडीहरुलाई मध्यनजर गरि पुस्तकालय निर्माण गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । ‘पुस्तकालयले बालबालिकाहरूलाई खेलसँगै अतिरिक्त ज्ञानबृद्धिमा सहयोग गर्ने छ ।’–उनले भने । दक्षिण एसियालीमै नमूना स्केट पार्क बनाउने उदेश्य अनुसार दोस्रो चरणमा सामुदायिक पुस्तकालय भवन बनाइएको उनले दाबी गरे । जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाले पुस्तकालयय बनाउन आर्थिक सहयोग जुटाउन अभियान चलाएको उनले बताए । पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तक तथा पार्कमा स्केटका लागि आएका बालबालिकाहरूले इन्टरनेट समेत चलाउन पाईनेछ । उनले स्केटपार्क र सामुदायिक पुस्तकालय भवन बनाउन स्थानीय सरकार, वडा कार्यालय सहित स्थानीय समुदायको सहयागेप्रती आभार व्यक्त गरे ।
सामुदायिक पुस्तकालयको भवन शनिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङगरनगरमा रहेको पार्क तिलोत्तमा नगरको पहिचान बनाएको बताए । स्केट एड साहसी खेलका रुपमा विश्वमा परिचित रहेको भन्दै सामुदायिक पुस्तकालयबाट खेलाडीहरुलाई थप अनुशासित बनाउने सहयोग मिल्ने उनले दाबी गरे । तिलोत्तमाको नदी उकासमा बनाइएको स्केटपार्क र सामुदायिक पुस्तकालय भवनको विकासमा लागि स्थानीय सरकारका रुपमा आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले स्केट पार्क खेलमार्फत नगरलाई नयाँ पहिचान बनाउन सक्ने भन्दै अन्र्तराष्ट्रियस्तरमा समेत चिनाउने गरी पूर्वाधार बनाउनुपर्नेमा जोेड दिए । उनले स्केट पार्क बनेसँगै रुपन्देहीको तिलोत्तमा र बुटवल क्षेत्रका खेलाडीहरु अन्र्तराष्ट्रिस्तरको खेलमैदानमा पुगेको बताउँदै सबैको साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न. ४ का पूर्व अध्यक्ष दीवाकार ढकाल, वडासदस्य मित्रलाल न्यौपाने, जपानीज यूटुबर सिमन इवाजावा, गौरव आचार्यले खेलाडीहरुलाई ज्ञान बृद्धिमा पुस्तकालयबाट ठूलो टेवा पुग्ने बताए । स्केट पार्कमा हाल ४० जना बालबालिकाहरूले निशुल्क स्केटको सेवा लिइरहेका छन् । सन २०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ ।