© २०२३
कालीकोट,२७ वैशाख ।
कालीकोट- पचालझरना गाउँपालिका ४ जारकोटमा नदीमा नुहाउने क्रममा एक जना किशोर बेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका १ कोटवाडाका अन्दाजी १६ बर्षिय बिराज बिष्ट आफन्तकाे घरमा गएका र कर्णाली नदिमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेक बहादुर रावलले बताए। आफन्तको घरमा भेटघाटका लागि गएका बिष्ट बेपत्ता भएको खबर प्राप्त भएपछि प्रहरीले खोजी गरीरहेको छ ।