ट्रेंडिंग:

>> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा

यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीको तेस्रो अधिवेशन

२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

बुटवल, २७ वैशाख ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले आगामी ३ वर्षका लागि हुमबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश बश्याल र ताराबहादुर बस्नेत, सचिवमा केशब पौडेल, सहसचिवमा पर्शुराम चौधरी र दामोदर श्रेष्ठ, कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा जंगबहादुर खड्का, दिनेश खनाल, अर्जुन पौडेल, बासुदेव अर्याल, विष्णु ठकुरी, जितेन्द्रमान लिगल, विनोद मल्ल, तोरण पोखरेल, लिलाबहादुर सार्की, रामबहादुर थापा, धनबहादुर गाहा, मदन थापा, कृष्णबहादुर दर्लामी, नवराज पाण्डेय, राजेन्द्रबहादुर चलाउने, कृष्ण विक, खिमाकुमारी विक, मिना नेपाली, विष्णु सापकोटा, कपिल रसाइली, दीपक सुनार र गिरीराज पोखरेल रहेका छन् ।

अधिबेशनको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्दै सामाजिक सुरक्षाको ज्ञारेन्टी नभएसम्म यातायात क्षेत्रका मजदुरहरुको पलायन नरोकिने बताए । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने बताउँदै उनले यातायात व्यसायीहरुलाई आफ्ना चालक सहचालक र कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गरे । लामो समयदेखि यातायात क्षेत्रमा लागेका मदजुरलाई मालिक बनाउन संगठनले योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो । जिफन्ट केन्द्रीय उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयन मुख्य चुनौतीको विषय बनेको बताए । श्रम ऐन २०७४ लाई कार्यान्वयन गर्नका लागि सबै क्षेत्रका श्रमिक एकीकृत भई शसक्त ढंगले लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले अहिलको अवस्थामा यातायात मजदुरका समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै यसलाई तत्काल संशोधन गर्न जरुरी रहेको बताए । यातायात क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताउँदै उनले देशभर रहेका सबै यातायात प्रालिमा समाजिक सुरक्षा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । हरेक दिन सडक दुर्घटनाका कारण ७÷८ जना मानिसको मृत्यु भइरहेकोले यसलाई रोक्न चालक सहचालकलाई सचेतना, स्तरीय सडक निर्माण, सवारीको यान्त्रीक परिक्षण साथै मानविय चेतनाको विकास आवश्यक रहेको उनले बताए ।

लुम्बिनी प्रदेशका अध्यक्ष मोहनबहादुर क्षेत्रीले मजदुरहरु संगठनमा आबद्ध नहुँदा आर्थिक लाभ लिनबाट बञ्चित हुनुपरेको बताए । सदस्य नभएमा बिमाबापतको रकम नपाइने भएकाले अनिवार्य रुपमा सदस्य बन्न उनले आग्रह गरे । हाल लुम्बिनी प्रदेशका १० वटा जिल्लामा कमिटी विस्तार भइसकेको ३ हजार २ सय बढी मजदुर संगठनमा आबद्ध रहेको अध्यक्ष क्षेत्रीले बताए । आफ्नो कार्याकालमा सम्पन्न भएका बिभिन्न महत्वपूर्ण कामहरु जानकारी गराउँदै उनले सुरु भएका काम सम्पन्न गर्नका लागि आबश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवलका कार्यलय प्रमुख केदार पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधि खरेल, लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष रूमाखर गौतम, संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुहादुर खत्री, नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने लगायतले आआफ्नो भनाइ राख्दै मजदुरको हक हितका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा उत्कृष्ट कर्मचारी भिमबहादुर बगाले र कृणनाथ श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै ज्यान गुमाएका सदस्यहरुका परिवारलाई बिमा वापतको रकम र घाइते भएका सदस्यहरूलाई उपचार खर्च समेत प्रदान गरिएको थियो । कार्यक्रममा संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश बश्याल तथा सचिव हुमबहादुर क्षेत्रीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?