ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सानो दिवसको ठूलो महत्व, हेला किन ?

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

नेपालमा हरेक दिनजसो कुनै न कुनै दिवस पर्दै आएका छन् । काठमाण्डौंलाई जात्रैजात्राको सहर भनेजस्तै सिंगो नेपाललाई दिवसहरूकै देश भन्दा अत्युक्ति हुँदैन । दिवस आफैमा महत्वपूर्ण हुन्छन् । कुनै दिवस तामझामका साथ मनाईन्छ भने कुनै दिवस आए गएको अत्तोपत्तो हुँदैन । अत्यन्त महत्वपूर्ण दिवस पनि ओझेलमा पर्दै आएका छन् । खासगरि स्वास्थ्यसंग सम्वन्धित दिवसमा नेपाल सरकारले खासै चासो दिएको पाईदैन् । सानो दिवसले पनि विशाल सन्देश बोकेका हुन्छन् । दिवसको मर्म र भावना आत्मसाथ गरेमात्रै पनि हामी धेरै रोगबाट जोगिन सक्छौं । त्यसमध्येको एक दिवस हो– विश्व हात स्वच्छता दिवस । यो दिवस नेपालमा बुधबार मनाईएको छ । गुमनाम तरिकाले मनाईएको यो दिवसका बिषयमा धेरै नेपालीले पत्तो नै पाएनन् ।

हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ । यो दिवसको अत्यन्त महत्वपूर्ण भूमिका छ । खासगरी कोरोनाकालमा यो दिवसले हलचल नै ल्याएको थियो । दिवसकै अवसरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय, सरकारी अस्पताल, ठूला नीजि अस्पताल, विभिन्न गैरसरकारी संघ संस्थाले दिवसको अवसरमा अनिवार्य हात धुनुपर्ने, हात सफा नगरे हुने रोग तथा कोरोनाबाट बच्न अनिवार्य रूपमा सावुनपानीले हात धुनुपर्ने बिषयमा सचेतनाका कार्यक्रम गरेको बिर्सन सकिदैन । जसै कोरोना मत्थर हुँदै गयो हात सफा गर्ने स्वच्छता दिवस आफै गुमनाम भयो । हात सफा गर्ने कुरा सामान्य जस्तै लाग्छ तर कोरोनाकै संकटका बेला हात धोएरमात्रै खाना खाने तथा पटक पटक हात धुनुपर्ने महत्वमाथि जोड दिइएको थियो ।

विश्व हात स्वच्छता दिवस सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानबाट सुरुवात भएको थियो । त्यसपछि विश्वमै हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ । हात नधुँदा मानिस विभिन्न रोगको संक्रमणमा पर्न सक्छ भन्ने यो दिवसको मूख्य सन्देश हो । तसर्थ हात सफा राख्दैपर्दछ । हातलाई स्वच्छ राख्ने हो भने ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यो दिवसले हात स्वच्छताको विश्वव्यापी प्रवद्र्धन र दिगोपन कायम राख्नुका साथै विश्वभर हात सरसफाई सुधारको समर्थनमा मानिसहरूलाई एकसाथ ल्याउन जरुरी रहेकोमा जोड दिदै आएको छ । विज्ञहरूका अनुसार कम्तीमा २० सेकेन्डसम्म पानी र साबुनले हात धुनुपर्छ ।

विशेषगरी शौचालय प्रयोग गरिसकेपछि, खाना खानु अघि, हाछ्युँ गर्दा वा खोक्दा वा हात फोहोर हुँदा हात धुन जरूरी हुन्छ । तर, अधिकांश मानिसले यी सवै कुरा दैनिक जीवनमा लागू नै गर्दैनन् । हात धुने कुरा सामान्य मान्ने परिपाटीका कारण ठूलो रोगको शिकार हुने अवस्था आउन दिनु हुँदैन । त्यसका लागि हात सफा राख्ने कुरालाई मूलमन्त्र मान्नु जरुरी छ । वाटरएडको तथ्याँकका अनुसार विश्वमा पानी सम्बन्धी रोगहरू र हातको सरसफाइको कमीका कारण हरेक वर्ष विश्वभर ४४ करोड ३० लाख विद्यार्थीको विद्यालय छुट्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । यस्तै युनिसेफका अनुसार हात सफा राख्दा झाडापाखालाबाट ज्यान गुमाउने बा(लबालिकाहरूको संख्या ४० प्रतिशतले घटाउन सकिन्छ । साथै कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूको संख्या घटाउन मद्दत गर्छ । यही तथ्याँकले हातको स्वच्छताको महत्व दर्शाउँछ । हातबाटै धेरै रोगको आक्रमण हुन्छ र हातबाटै रोग लाग्न नदिन पनि सकिन्छ भन्ने कुराको मनन गर्नु जरुरी छ । खासगरी बालबालिकालाई अनिवार्य हात धुन प्रेरित गर्नु जरुरी छ । तसर्थ हात स्वच्छता दिवस सानो दिवस लाग्न सक्छ तर यो दिवसले बोकेको महत्व सर्वव्यापी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?