Butwal Today

सभामुखको रुलिङ: भारत–पाकिस्तानमा रहेका नेपालीको सुरक्षा पहिलो प्राथमिकता होस्

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावको पृष्ठभूमिमा सभामुख देवराज घिमिरेले दुबै देशमा बसोबास गर्ने नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक व्यवस्थापन गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबीचको तनाव र त्यसले नेपाली समुदायमा पार्न सक्ने प्रभावबारे गम्भीर चासो व्यक्त गर्दै सरकारसँग आवश्यक कदम चाल्न आग्रह गरेका थिए। सोही सन्दर्भमा सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराउँदै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे।

सभामुखले भने, “भारत–पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?