ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

विदेश होइन, मकै खेती

पालिकाले स्थानीय २ वटा कृषक समूहमार्फत अनुदान प्रदान गरेपछि ५२ घरधुरीका कृषकले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिँदै आएका छन् । नगरपालिकाले चालु आर्थिक बर्षमा मकै प्रवद्र्धन कार्यक्रममा ७ लाख लगानी गरेको छ ।
२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

चन्द्रौटा, २६ बैशाख ।

अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिकाका केही युवाहरू भने स्वदेशमै कृषिकर्ममा लागेका छन् । कृषि मार्फत रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउँदै उदाहरणीय बनेका छन् । स्वदेशमै कृषि पेशा गरेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिँदै युवाले विदेश होइन, मकै खेती रोजेका छन् ।

पालिका अनुसार विगत ३ वर्षदेखि मकै प्रवद्र्धन कार्यक्रम सञ्चालन हुँदै आएको छ । अहिले वडा नम्बर १, ३ र ११ मा उल्लेखनीय परिणाम दिइएको छ । प्रर्वद्धन कार्यक्रम अन्तर्गत पालिकाले स्थानीय २ वटा कृषक समूहमार्फत अनुदान प्रदान गरेपछि ५२ घरधुरीका कृषकले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिँदै आएका छन् । नगरपालिकाले चालु आर्थिक बर्षमा मकै प्रवद्र्धन कार्यक्रममा ७ लाख लगानी गरेको छ ।

तीन वटा वडामा गरी करिब ३६ बिघा क्षेत्रफलमा कृषकहरू मकै खती गर्दै आत्मनिर्भर भएका छन् । उनीहरू मकै खेती मात्रै नभएर गाई भैसी पालनसँग सँगै तरकारी खेती पनि गर्दै गरिरहका छन् । समय र लगानी कम भएरपनि यो पेशा गरेर मनग्ये आम्दानी गर्न सकिने उनीहरू बताउँछन् । किसानहरूले आम्दानीसँगै स्थानीयलाई रोजगारीका अवसरसँग पनि जोडेका छन् ।

आम्दानी र रोजगारीका अवसर

शिवराज नगरपालिका वडा नम्बर–१, उमरीका कृष्ण थारु तीन वर्षदेखि मकैसँगै तरकारी खेती गर्दै आएका छन् । उनी स्थानीय गाउँको झन्डै १ सय २० कठ्ठा जग्गा लिजमा लिइ खेती गर्दै आएको बताउँछन् । ५ कठ्ठा जग्गामा निजी गरि २ लाख १० दश हजार वार्षिक लिजमा लिएको भाडा तिर्ने गरेको उनले बताए । उनले भने, “मेहनत गर्ने हो, भने स्वादेशमै कहि गर्न सकिन्छ भन्ने सोँचका साथ यो पेशा रोजेको छु । आफू जस्ता साथीहरू विदेश गएको देख्दा दुःख लाग्छ ।”

थारुले थपे, “आफ्नै देशमा थोरै कमाएर पनि परिवारसँग बसेर ६ जना स्थानीयहरूलाई रोजगारी समेत दिएको छु ।” उनी विदेश नगएर स्वादेशमै मनग्ये आम्दानी गरिरहेका छन् । तर ३० बर्षीय कृष्ण जस्तै अरूको पनि सोँच र योजना भइदिएको भए देश स्वर्ग बन्ने जस्तै सावित उदाहरण भएका छन् । इभन्जली कृषि फर्म दर्तापछि हिउँदै मकै बालीलाई प्रभावकारी बनाउन स्थानीय सरकारले अनुदानका योजना ल्याएपछि कृषकहरूलाई सहज भएको उनले बताए । कृषकहरूलाई उत्पादनमुखी बनाउन मकैका बीउबिजन, मलखाद लगायत सिँचाईको उचित व्यवस्था भए राम्रो गर्न सक्ने उनले बताए ।

स्थानीय सरकारले उन्नतजातका हिउँदे मकै बाली उपलब्ध गरेपछि टेवा पुगेको बताए । उनले एक सजिनमा करिब ५ लाख बराबरको आम्दानी गरेको जनाउँदै सरकारबाट १ लाख अनुदान प्राप्त गर्ने कागजपत्र पालिकामा पेश गरेको उनको भनाइ छ । थारुले बर्षमा २ पटक यो खेती गर्दै आएका छन् । उनी उत्पादनमात्र नभएर गाउँगाउँ पुगेर अटोमा मकै र तरकारी बिक्र समेत गर्ने गरेका छन् । यस्तै अर्का कृषक वडा नम्बर–३, नयाँबस्तीका देवीराम भुसालले विगत ८ वर्षदेखि मकै खेती गर्दै आएको बताए ।

 

देवीराम भुसाल
कृषक

पछिल्लो तीन बर्ष यता स्थानीय सरकारले मेशिनरी आधुनिक प्रविधि लगायत औजार, बीउबिजन समेत ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि खेतीमा मद्दत पुगेको उनले बताए ।  व्यावसायिक रूपमा कृषि पेशाको स्थानीय तह मार्फत मकै प्रवद्र्धन कार्यक्रम अन्तर्गत मकै खेती गर्न थालेपछि प्रभावकारी भएको भुसालले जनाए । घरपरिवार मिलेर गरेको मकै, तरकारी उत्पादन व्यापारीहरू घरबाटै बिक्री हुने गरेको उनले जनाए । गाउँमै आम्दानीसँगै रोजगारीका लागि केरुंगेली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरि सञ्चालन गर्दै आएको उनको जिकिर छ ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर ११ का कृषक गोपाल प्रसाद भण्डारीले मौसमी मकैभन्दा बेमौसमी लगाउँदा फाइदाजनक हुने गरेको बताए । सरकारले सिँचाई मलखाद र किटनाशक विषादीहरूको समयमा नै उपलब्ध गराइ दिए थप उत्पादनमा टेवा पुग्ने उनले जनाए । एक दशकदेखि गर्दै आएको मकै खेतीबाट एक सिजनमा करिब ५० हजार आम्दानी हुने गरेको उनले बताए । हाल उनी १५ कठ्ठामा मकै खेती गरेर गाई, भैसी पालन समेत गर्दै आएको बताउँछन् ।

गोपाल प्रसाद भण्डारी
कृषक

मकै पकेट क्षेत्रको रूपमा विकास

शिवराज नगरपालिकाका कृषि विकास शाखा अधिकृत ताराचन्द चौधरीले पालिकामा कृषक समूह मार्फत दर्जनौँ किसानहरू लाभान्वित भएको बताए । खासमा नगरपालिका मकै खेतीलाई प्रवद्र्धन गर्दै रोजगारीमा जोड दिएको उनले बताए । आधुनिकिरण खेतीको लागि स्थानीय कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण समेत उपलब्ध गराएको अधिकृत चौधरीले जनाए । नगरपालिकाका मेयर अजय थापाले कृषिमा आत्मनिर्भर बनाउन योजना रहेको बताए । मकै खेतीका पकेट क्षेत्रको रूपमा विकास गर्न कृषकहरूलाई सरकारले अनुदानमा लगानी गरेको उनले बताए । मकै खेतीप्रति आम नागरिकहरूको प्रोत्सहन गर्दै उत्पादित मकैको बजारीकरणसँगै व्यावसायिकतामा उत्साहित गर्ने मेयर थापाको भनाइ छ । उनले भने: “स्थानीयलाई रोजगारीसँगै आम्दानीको पाटोसँग जोड्न सरकारले लगानी गरेको छ ।” देशमै बसेर पनि इमानदार मेहनत, सरकारी योजनाको सदुपयोग र दृढ संकल्पका साथ सफल र सन्तुष्ट जीवन यापन गर्न सकिन्छ । वैदेशिक रोजगारलाई विकल्प होइन, कृषि क्षेत्रमा सम्भावना खोज्ने यो सोँचले नेपालका धेरै गाउँहरूको मुहार फेर्न सक्छ । बजारीकरण, मलखाद लगायत सिँचाईको केहि त्रुटी रहे पनि सुधारोन्मुख रहेको छ ।

ताराचन्द्र चौधरी
कृषि विकास अधिकृत

अजय थापा
नगर प्रमुख, शिवराज नगरपालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?