Butwal Today

टिप्पर दुर्घटनामा चालकको मृत्यु

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

पाल्पा, २६ वैशाख ।

बुटवल बाट पाल्पातर्फ जाँदै गरेको खाली टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु १ क २५१७ नम्वरको टिप्पर दुर्घटना हुँदा रुपन्देहीको सियारी गाउँपालिकाका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

लोड लिनका लागि पाल्पातर्फ अत्यधिक तीव्र गतिमा जाँदा अचानक टायर पन्चर हुँदा अनियन्त्रित भई ६५ मिटर तल खसेको थियो ।

विहीवार बेलुका भएको घटना थाहा पाउनासाथ प्रहरी चौकी दोभानले तत्काल घटना स्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा पु¥याउँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुनिल मल्लले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?