ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गहुँको उत्पादनमा वृद्धि

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

पाल्पा, २६ वैशाख ।

विगत केही वर्षका तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको छ ।

सिंचाइको असुविधा हुने क्रम बढेसँगै चैतमा धान लगाउने जमिनमा समेत गहुँको खेती मात्र होइन आवासको लागि घरै निर्माण भएका छन् । पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा गहुँ खेतीको उत्पादनसंगै क्षेत्रफल पनि बढ्दै गएको छ ।

अन्य खेतीको तुलनामा गहुँको खेती सजिलो, भित्र्याउने बेलामा यान्त्रिकरणको प्रयोग बढ्न लागेपछि कृषकले हिउँदे धानको विकल्पमा गहुँ खेती गर्न थालेका छन् ।

जिल्लाको तेस्रो बालीका रुपमा स्थापित गहुँको लागि धानको तुलनामा कम सिंचाईले खेतीगर्न सकिने भएका कारण माडी फाँट अर्गली, रामपुर, पुर्वखोला, सर्देवा जस्ता फाँटको विकल्पमा गहुँको खेती गरेका छन् ।

उत्पादन र उत्पादकत्व शक्ति वृद्धिका लागि स्थानीय सरकारले समेत उन्नत जातको बिउ अनुदानमा वितरण गर्न लागेपछि कृषकहरुमा थप आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख अरवृन्द त्रिपाठी भन्छन्–“सबै कृषकबिच उन्नत जातको बिउ पुग्न सकेको छैन । त्यसैले स्थानीय जातको बिउ पनि प्रयोग गरेका छन् ।”

विशेष गरी यहाँका फाँटमा उन्नत जातको बिउ र बारीमा स्थानीय जातको बिउ लगाउने प्रचलन कायमै छ । फाँटहरुमा वाणगंगा, खुमलशक्ति, भेरीगंगा, भृकुटी जस्ता उन्नत जातको बिउको प्रयोग बढेको छ ।

बारीमा गहुँ लगाउने प्रचलन पुरानो हो । खेतमा लगाउन लागेको धेरै समय भएको छैन । पछिल्लो समयमा गाउँमा मानव बस्ती पातलिंदै जाँदा बारीमा गहुँ लगाउँदा बँदेल, बाँदर, दुम्सीबाट जोगाउनै कठिन भएकाले बारीमा गहँ उत्पादन घट्दो र खेतमा बढ्दो भएको कृषकहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रको अनुसार गतवर्षका तुलनामा यस वर्ष ५० हेक्टर क्षेत्रफलमा खेती बढेको छ र यस वर्ष ५ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा खेती भएको र उत्पादन १६ हजार ५ सय ४० मेट्रिक टन उत्पादन भयो ।

गहुँको उत्पादकत्व क्षमता प्रति हेक्टर २. ८५ मेट्रिक टन भएको प्रमुख त्रिपाठीले बताए ।

प्रविधि भित्रिनु अगाडि खेती भरीमा दुखको खेती भन्ने प्रचलन थियो । प्रविधि तथा यान्त्रिकरणको विकास भएपछि सहज भएको पुर्वखोलाकी कृषक कल्पना खनाल बताउँछिन् ।

लगाउन पनि सजिलो दैनिक पानी लगाउन नपर्ने, बिउ छरेपछि भित्र्याउँदा सम्म एक दुई पटक पानी लगाए पुग्ने, काट्न र चुट्नको लागि घर घर मेसिन छन् ।

यो खेतीबाट कहिल्यै पनि नोक्सान बेहोर्न नपर्ने भएकाले यसपटक आफूले ८ रोपनी क्षेत्रफलबाट राम्रो आम्दानी लिन सफल भएको उनी बताउँछिन् ।

सामान्य रुपमा मल, सिचाई कम र गोडमेल गर्न पनि नपर्ने भएका कारण यस खेतीको विस्तार हुने क्रम बढेको कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?