ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

वैशाख महिना खोपको महिनाः अभियान सफल पारौं

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

बैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउदै आईरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही बैशाख ३१ गते खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाहरूका लागि बृहत खोज र खोप अभियान २०८२ संचालन गर्न लागेको छ । मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप अभियान २०८२ संचालन गर्न लागेको हो । खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपाल पूर्ण खोप रहेको सुनिश्चित गर्नको लागि यही २०८२ बैशाख ३१ गते देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले बैशाख महिनालाई खोपको महिनाको रूपमा परिभाषित गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरूमा निशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईबर्ष भित्रका बालबालिकाहरूलाई बिभिन्न घातक रोगहरूको बिरुद्धमा खोपहरू उपलब्ध भएको कुरा सर्वविदितै छ । यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि हरेक बाबाआमा, दाजुभाई, दिदीबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी घातक रोगहरूबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसंग बच्चालाई भेट गरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” ।

ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै सम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पी वान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ । हरेक बर्ष बैशाख महिनालाई नियमित रूपमा खोप कार्यक्रममा छुट भएका बालबालिकाहरूलाई सम्पूर्ण स्वास्थ्यकर्मीहरूले आ– आफ्ना सेवा क्षेत्रभित्रका बालबालिकाहरूलाई सेवा क्षेत्रका गाउँहरूमा घरधुरी सर्बेक्षण गरी खोपको दिगोपनाको निरन्तरता दिने र कतैबाट छुटेकाहरूलाई पुनः खोप केन्द्रमा बोलाई खोप लगाईदिने, पूर्ण खोप निश्चित गर्ने र खोपको दिगोपनालाई सुनिश्चित गर्ने कार्य हरेक बर्षको बैशाख महिनामा निरन्तर गरिने हुनाले बैशाख महिनालाई खोपको महिना भनिएको हो । याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि सुरक्षित हुदैनन् । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाका लागि २०८२ बैशाख ३१ गतेको बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागि परौं ।
खोपको महत्व:
खोप निःशुल्क पाईन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने माध्यम र साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागी फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि तिसहजार रूपैंया खर्च लाग्ने भनिएको छ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण छ ।

नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि संचालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरूलाई बाहिरी रूपमा किनेर प्रयोमा ल्याउनको लागी हामी नेपालीहरूको बहस भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई यस्ता चौधवटा घातक रोगहरूबाट बचाउन, बालबालिकाहरूलाई लुलो लङ्गडो, लठेब्रो, सुस्तमनस्थिति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक बिकासमा पछी गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निःशुल्क रूपमा प्रगोगमा आएका नियमितरूपमा हरेक महिना संचालनमा ल्याईएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिबार्य खोप लगाऔं । भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालिकाहरूको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाको खोप लगाउन पाउनुपर्ने नैर्सगिक अधिकारबाट बञ्चित नगरौं । हरेक बर्ष अभियानकै रूपमा चल्ने बैशाख महिना खोपको महिना भन्ने अभियानलाई सफल पारौं ।
नियमित खोपहरू:
जन्मने बित्तिकै बिसिजी खोपः क्षयरोग का बिरुद्वमा । ६ हप्तामा रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पिसिभी (पहिलोमात्रा), डिपिटी.हेप बी.हिब (पहिलो मात्रा): रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (निमोकोकल रोगहरू), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी का बिरुद्धमा ।
दश हप्तामाः रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रो मात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बी हिब (दोस्रो मात्रा), रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरू), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी का बिरुद्धमा ।
चौध हप्तामाः पोलियो (तेस्रो मात्रा) , एफ आई पिभी (पहीलो मात्रा), डिपिटी हेप बी हिब (तेस्रो मात्रा)ः पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बी का बिरुद्धमा ।
नौ महिनामाः पि सि भी (तेस्रो मात्रा) । एफआाईपिभी (दोस्रो मात्रा), दादुरा.रुबेला (पहिलो मात्रा¬) ः निमोनिया (निमोकोकल रोगहरू) पोलियोका रोगहरू, दादुराका बिरुद्धमा ।
बाह्रौ महिनामाः जापानिज इन्सेफ्लाईटिस (एकमात्रा): जापानिज इन्सेफ्लाईटिसका बिरुद्धमा ।
पन्ध्रौं महिनामाः दादुरा रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा): दादुरा र रुबेला रोगको बिरुद्धमा साथै टाइफाईड रोगका बिरुद्धमा दिईन्छ ।
कक्षा ६ मा पढ्रने छात्रा/बिद्यालय नजाने १० बर्षकी किशोरीः एच पि भी खोप –एक मात्रा), पाठेघरको मुखको क्यान्सर बिरुद्धमा (आर्थीक बर्ष ०८२/०८३ देखि नियमित खोपमा संचालित रहने) । यसरी नेपाल सरकारबाट निशुल्क रूपमा बितरण गरिएका यी महत्वपूर्ण खोपहरूलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरू, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ– आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्रै राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अवधिमा अनिवार्य रूपमा गएर आ– आफ्ना बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ– आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?