ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

चिरिच्याट्ट पारिदैं बुद्ध नगरी प्राचिन कपिलवस्तु    

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
कपिलवस्तु,२६ बैशाख । 
२५६९ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध नगरी कपिलवस्तुको तौलिहवा क्षेत्रलाई चिरिच्याट्ट पारिएको छ । बैशाख ३० गतेका दिन बाल बुद्धको प्रतिमालाई बाजागाजा सहित शोभायात्रा गरेर बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध नगरी प्राचिन कपिलवस्तु भित्राएर तिलौराकोट दरवार पुर्याइ “प्रसुति उत्सव” मनाइने कार्यक्रमलाई भव्य बनाउन नगरलाई राष्ट्रिय झण्डा संगै बुद्धत्व झल्काउने झण्डा र लुङ्गदा राखेर शोभायमान बनाइएको हो । बुद्ध जयन्ती मुल समारोह समिति कपिलवस्तुले नगरको सडकबत्तीको पोलहरुमा नेपालको राष्ट्रिय झण्डा, बुद्धत्व झल्काउने झण्डा र लुङ्गदा लगाएर सजाएको  छ । बैशाख ३० गतेका दिन नगरको प्रवेशद्वार जमुवार पुलबाट पञ्चेबाजा र स्थानीय बाजासहित पुष्प वर्षा गर्दै शिशु बुद्धको प्रतिमा प्राचीन राजप्रासाद तिलौराकोट पुर्याएर प्रसुती उत्सव गर्ने समितिको योजना छ । बुद्ध जयन्तीकै अवसर पारेर बैशाख २७ गते तौलिहवामा रक्तदान हुनेछ । २८ गते साँझ भगवान् बुद्ध पहिलो पटक राजप्रासाद तिलौराकोट आउने क्रममा निग्रोधाराममा बसेको स्मरण गर्दै गरिने लघु नाटक देखाइनेछ । त्यस्तै २९ गते साँझ तिलौराकोटमा “पिस मेडिटेसन वाक” गरिनेछ ।
बुद्ध जयन्तीलाई सभ्य र भव्य रुपमा सफल बनाउन आफ्नो घरमा नेपाली राष्ट्रिय झण्डा र बुद्धको झण्डा राखेर नगर सिँगार्न शुरु गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का नियाज अहमदले बताए । आफ्नो टोल छिमेकमा मात्रै नभई नगरको गौढी चोक देखि जमुवार पुलसम्मको सडक वत्तीको पोलहरुमा नेपालको राष्ट्रिय झण्डा, बुद्धत्व झल्काउने झण्डा र लुङ्गदा लगाएर सजाउन खटिएको अहमदले बताए । “हामीले बुद्ध स्थल कपिलवस्तुको प्रचार प्रसारका लागि बुद्धकालीन झल्को दिने गरि नगर सजाउँदै छौं । यसले समग्र कपिलवस्तुको पर्यटनको बिकास भई हामी जस्ता युवाहरुका लागी स्थानीय रोजगारीको श्रृजना र व्यवसायको वृद्धिमा सहयोग पुग्ने छ ।” उनले भने । उनी जस्तै कपिलवस्तु नगरपालिका वडा नं. १ का रामरतन कसौधनले आफ्नो जीवनको ६ दशकमा पहिलो पटक नगरलाई बुद्धकालीन झल्को दिने गरि सिँगारेर शोभायमान बनाएको अनुभुति गरेको बताए । “मेरो जीवनको यतिका बर्ष सम्म बुद्ध जयन्तीमा यसरी नगरलाई बुद्धको नगरी हो भन्ने गरि सिगारेको अनुभव गर्न पाएको थिइन । पहिलो पटक नगरलाई यति राम्ररी सजाइदै छ । यस्ता कार्यलाई सबै मिलेर निरन्तरता दिनु पर्छ ।” कसौधनले भने ।
बुद्ध जयन्तीको अवसरमा शिशु बुद्धलाई गृह नगरी भित्राएर गरिने प्रसुती उत्सवमा सहभागी आन्तरिक र बाह्य पर्यटक, बुद्धमार्गीलाई कपिलवस्तुको प्राचीनता झल्काउने उद्धेश्यले नगरलाई सजिसजाउ बनाउन थालिएको बुद्ध जयन्ती मूल समारोह समिति कपिलवस्तु संयोजक गोपीकृष्ण शर्माले बताए । “बुद्ध स्थल प्राचिन कपिलवस्तु हामी सबैको साझा सम्पत्ती हो । यो सजिसजाउलाई निरन्तरता दिन सकिए यहाँ आउने पर्यटकले बुद्धनगरीमा आउनुको आनन्द प्राप्ती गर्न सक्नेछन । प्राचिन कपिलवस्तुको ऐतिहासिकता लाई अन्तरराष्ट्रियकरण गर्न तिनै तहको सरकार, उद्योगी व्यवसायी, सरोकारवाला पक्ष र स्थानीयको समेत समान दायित्व हुन्छ । ” उनले भने ।
प्राचिन कपिलवस्तु (तिलौराकोट) गणराज्य कपिलवस्तुको राजधानीको रुपमा परिचित छ । जो सिद्धार्थ गौतम (गौतम बुद्ध) का पिता शुद्धोधनको राजप्रासादको रुपमा परिचित छ । कपिलवस्तु शाक्य मुनी गौतम बुद्धको गृह नगरी सगै कनक मुनी बुद्ध र क्रकुच्छन्द बुद्धको जन्मस्थल समेत हो । प्राचिन कपिलवस्तु (तिलौराकोट) सिद्धार्थ गौतमको गृह नगरी हो भने गोटिहवा क्रकुच्छन्द बुद्धको जन्मस्थल र निग्लिहवा कनक मुनी बुद्धको जन्मस्थलको रुपमा परिचित छ । पछिल्लो समय जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले कपिलवस्तु गणराज्य विश्वकै पुरानो गणतन्त्र भएको मुलुक भएको विषयले अहिले कपिलवस्तुलाई विश्वकै प्राचिन गणराज्य (गणतन्त्रात्मक मुलुक) रुपमा अन्तरराष्ट्रियकरण गर्नु पर्ने विषय बहसमा आउन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?