ट्रेंडिंग:

>> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै

सानो दिवसको ठूलो महत्व, हेला किन ?

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

नेपालमा हरेक दिनजसो कुनै न कुनै दिवस पर्दै आएका छन् । काठमाण्डौंलाई जात्रैजात्राको सहर भनेजस्तै सिंगो नेपाललाई दिवसहरूकै देश भन्दा अत्युक्ति हुँदैन । दिवस आफैमा महत्वपूर्ण हुन्छन् । कुनै दिवस तामझामका साथ मनाईन्छ भने कुनै दिवस आए गएको अत्तोपत्तो हुँदैन । अत्यन्त महत्वपूर्ण दिवस पनि ओझेलमा पर्दै आएका छन् । खासगरि स्वास्थ्यसंग सम्वन्धित दिवसमा नेपाल सरकारले खासै चासो दिएको पाईदैन् । सानो दिवसले पनि विशाल सन्देश बोकेका हुन्छन् । दिवसको मर्म र भावना आत्मसाथ गरेमात्रै पनि हामी धेरै रोगबाट जोगिन सक्छौं । त्यसमध्येको एक दिवस हो– विश्व हात स्वच्छता दिवस । यो दिवस नेपालमा बुधबार मनाईएको छ । गुमनाम तरिकाले मनाईएको यो दिवसका बिषयमा धेरै नेपालीले पत्तो नै पाएनन् ।

हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ । यो दिवसको अत्यन्त महत्वपूर्ण भूमिका छ । खासगरी कोरोनाकालमा यो दिवसले हलचल नै ल्याएको थियो । दिवसकै अवसरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय, सरकारी अस्पताल, ठूला नीजि अस्पताल, विभिन्न गैरसरकारी संघ संस्थाले दिवसको अवसरमा अनिवार्य हात धुनुपर्ने, हात सफा नगरे हुने रोग तथा कोरोनाबाट बच्न अनिवार्य रूपमा सावुनपानीले हात धुनुपर्ने बिषयमा सचेतनाका कार्यक्रम गरेको बिर्सन सकिदैन । जसै कोरोना मत्थर हुँदै गयो हात सफा गर्ने स्वच्छता दिवस आफै गुमनाम भयो । हात सफा गर्ने कुरा सामान्य जस्तै लाग्छ तर कोरोनाकै संकटका बेला हात धोएरमात्रै खाना खाने तथा पटक पटक हात धुनुपर्ने महत्वमाथि जोड दिइएको थियो ।

विश्व हात स्वच्छता दिवस सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानबाट सुरुवात भएको थियो । त्यसपछि विश्वमै हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ । हात नधुँदा मानिस विभिन्न रोगको संक्रमणमा पर्न सक्छ भन्ने यो दिवसको मूख्य सन्देश हो । तसर्थ हात सफा राख्दैपर्दछ । हातलाई स्वच्छ राख्ने हो भने ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यो दिवसले हात स्वच्छताको विश्वव्यापी प्रवद्र्धन र दिगोपन कायम राख्नुका साथै विश्वभर हात सरसफाई सुधारको समर्थनमा मानिसहरूलाई एकसाथ ल्याउन जरुरी रहेकोमा जोड दिदै आएको छ । विज्ञहरूका अनुसार कम्तीमा २० सेकेन्डसम्म पानी र साबुनले हात धुनुपर्छ ।

विशेषगरी शौचालय प्रयोग गरिसकेपछि, खाना खानु अघि, हाछ्युँ गर्दा वा खोक्दा वा हात फोहोर हुँदा हात धुन जरूरी हुन्छ । तर, अधिकांश मानिसले यी सवै कुरा दैनिक जीवनमा लागू नै गर्दैनन् । हात धुने कुरा सामान्य मान्ने परिपाटीका कारण ठूलो रोगको शिकार हुने अवस्था आउन दिनु हुँदैन । त्यसका लागि हात सफा राख्ने कुरालाई मूलमन्त्र मान्नु जरुरी छ । वाटरएडको तथ्याँकका अनुसार विश्वमा पानी सम्बन्धी रोगहरू र हातको सरसफाइको कमीका कारण हरेक वर्ष विश्वभर ४४ करोड ३० लाख विद्यार्थीको विद्यालय छुट्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । यस्तै युनिसेफका अनुसार हात सफा राख्दा झाडापाखालाबाट ज्यान गुमाउने बा(लबालिकाहरूको संख्या ४० प्रतिशतले घटाउन सकिन्छ । साथै कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूको संख्या घटाउन मद्दत गर्छ । यही तथ्याँकले हातको स्वच्छताको महत्व दर्शाउँछ । हातबाटै धेरै रोगको आक्रमण हुन्छ र हातबाटै रोग लाग्न नदिन पनि सकिन्छ भन्ने कुराको मनन गर्नु जरुरी छ । खासगरी बालबालिकालाई अनिवार्य हात धुन प्रेरित गर्नु जरुरी छ । तसर्थ हात स्वच्छता दिवस सानो दिवस लाग्न सक्छ तर यो दिवसले बोकेको महत्व सर्वव्यापी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?