ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बुटवलमा ट्रायम्फ मोटरसाईकलको बिक्री शुभारम्भ

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

बुटवल, २६ वैशाख ।

बुटवलमा ट्रायम्फ मोटरसाईकलको बिक्री शुभारम्भ भएको छ । बुटवलका लागि आधिकारिक बिक्रेता बस्याल अटोमोवाइल्स प्रालिले दुई मोडलका ट्रायम्फ मोटरसाईकलको बिक्री शुक्रबारदेखि शुभारम्भ गरेको हो ।

यी मोटरसाईकल गएको भदौमा काठमाडौंको नाडा अटो शोमा नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले सार्वजनिक गरेको थियो । बुटवलमा भने बस्याल अटोमोवाइल्स प्रालिले यी मोटरसाईकल भित्र्याएको हो ।

कम्पनीले ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी दुई मोडलका मोटरसाइकल बिक्री शुभारम्भ गरेको कम्पनीका अध्यक्ष गोपाल प्रसाद बस्यालले जानकारी दिए ।

नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३४ हजार ९०० रुपियाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपियाँ रहेको छ ।

बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४०० सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यातसमेत सुरू भइसकेको छ । ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । यी दुवै मोटरसाइकलमा समान फिचरहरू छन् । ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।

बुटवलमा मोटरसाईकल लन्च गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मोटरसाईकल पारखीहरुका लागि यो सुरक्षित र भरपर्दो विकल्प रहेको बताए । ट्रायम्फ सिरिजको व्यावसायिक सफलताको कामना गर्दै उनले बिक्रीपछिको सेवा प्रदान गर्ने कुरामा पनि ध्यान दिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मोटरसाईकल खरीद गर्ने ग्राहकहरुका लागि सुरक्षित हेल्मेट प्रयोग गर्ने कुरामा कम्पनीले भूमिका खेल्नुपर्ने बताए । त्यस्तै कम्पनीका बिक्री प्रवन्धक सन्तोष थापा क्षेत्री र सञ्चालक केशव बस्यालले पनि मोटरसाईकलका विशेषताहरुका बारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?