ट्रेंडिंग:

>> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना ¥याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी

नारायणी नदीमा प्रदेश सरकारको वातावरण विज्ञ टोली

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

नवलपरासी, २६ बैशाख ।
जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रूपमा नदीजन्य पदार्थ दोहन भएको चर्चा चलेपछि लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोलीले स्थलगत अध्ययन गरेको छ । नदीबाट अत्याधिक मात्रामा दोहन भइरहेको भन्दै स्थानीयले विरोध गर्दा पनि जिल्लाका सरोकारवाला निकाय मौन रहेको आरोप स्थानीयले लगाएपछि अहिले प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको विज्ञ टोलीले स्थलगत अनुगमन गरेको हो ।

वातावरणविद् निर्मल चौधरीको नेतृत्वमा उक्त टोलीले अनुगमन गरेको स्थानीयले बताएका थिए । अनुगमनबारे अध्ययन गरी सोको प्रतिवेदन लुम्बिनी प्रदेश सरकार तथा बन तथा वातावरण मन्त्रालयलाई बुझाईने वातावरण विद चौधरीले बताएका थिए । अत्याधिक र अनियन्त्रित दोहनले गण्डक बाँध नै खत्तरामा पर्ने र बाँध भत्कियो भन्ने स्थानीय गाउँ डुबानमा पर्ने जस्ता स्थानीयको गुनासो गर्दै आएका थिए । जिल्लाको सुस्ता गाउँपालिकाले नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्नका लागि निकासी ठेक्का परिमाण भन्दा बढी नदीजन्य पदार्थको झिकिएपनि अनुगमन निकाय भने मौन बसेको स्थानीयको आरोप छ । नारायणी नदीमा माघ महिनामै सबै खण्डको ठेक्का लागेपनि फागुन महिनामा केहिको पट्टा उठेको पाइन्छ ।

नदीको ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा भएको ४ खण्डको ठेक्कामा पट्टा छिटै उठाउने सुप्रियर निर्माण सेवा प्रा.लि काठमाडौं र ओम निर्माण सेवा कुडिया नवलपरासीले तोकिएको परिमाण भन्दा बढि माल झिकिसकिएको स्थानीयहरूको दावी छ । तर यस तर्फ गाउँपालिका तथा जिल्ला समन्वय समितिको भने ध्यान नपुगेको स्थानियले बताए । स्थानियले सो उत्खननको नापजाँच गरि बढि माल झिकेको फर्मलाई जरिवाना तिराउने र अबदेखि उत्खनन कार्यमा रोक लगाउनुको माग समेत गरेका छन् । ठेकदारहरूले नदीबाट झिकेको नदीजन्य पदार्थको नजिकै घाटगदी गर्नु पर्ने र प्रावधान रहेपनि उनीहरूले सिधै ठेकदारलाई बेचेका छन् भने केहिले नारायणचोक र यताउता डम्पिङ्ग पनि गरिरहेका छन् । देखाउनका लागि अलि अलि छेउछाउमा स्टक गरेपनि नदीको बन्धामा खसाल्दै भारतीय ठेकदारलाई ठुलो मात्रामा ग्रावेल बेचेको पाईन्छ ।

यता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शुक्रबार गाउँपालिका स्तरीय अनुगमन गरि खनेको क्षेत्रहरूको नाप जाँच गरिएको बताउदै सोको प्रतिवेदन २-४ दिनमा आउने जानकारी गराएका थिए । तर दुई सातासम्म प्रतिवेदन नआउनुका कारणबारे प्रतिकृया दिदै उनले पुरै परिमाण झिकि नसकेको अवस्था भेटिएको दाबी गरेका थिए । एक दुई सातामा सम्झौता अनुसारको परिमाण झिकिसके पछि बन्द गरिने उनको भनाई थियो । तोकिएको परिमाण भन्दा बढि उत्खनन गरेको विषयमा सोधपुछ गर्दा ‘‘उनले अझै उनीहरूले झिक्ने क्वान्टीटी पुगेको छैन, ९० प्रतिशत भन्दा बढि झिकि सकेको देखिन्छ, २÷४ दिनमा सुप्रियर र ओमको क्वान्टीटी पुग्ने अनुमान गरिएकाले उनीहरूको उत्खननमा अहिले कुनै रोक नलगाइएको अध्यक्ष उपाध्यायले जिकिर गरेका थिए ।

जिल्ला स्तरबाट पनि अनुगमन गरिएको दुई सातासम्म प्रतिवेदन सार्वजनिक हुन सकेको छैन् । यसरबारे प्रतिकृया दिदै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बेला बेला सम्बन्धित सप्लायर्सलाई चेतावती दिदै आएको जिकिर गरेका थिए । तर के कति परिमाणमा नदीजन्य पदार्थको निकासी भई सकेको बारे गाउपालिकालाई नापजाँच गर्न लगाईएको भन्दै पन्छिएका थिए । यसबर्ष उक्त नदीमा सुस्ता गाउँपालिकाले ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा गरि ४ वटा खण्डमा नदीजन्य पदार्थ निकासीको ठेक्का लगाएको छ भने यता ठोकर नं. ६ मा पनि एक ठाउँमा ठेक्का लगाएको छ । पालिकाले लगाएको ठेक्का मध्ये ठोकर नं. १५ देखि १६ को खण्ड १ र २ मा कुल ११ लाख ९० हजार ३०३ घनफिट नदीजन्य पदार्थ झिक्न बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रालि सुस्ता १ नवलपरासीले १ करोड १९ लाख ११ हजार १११ रूपैयामा ठेक्का लिएको छ ।

त्यस्तै १५–१६ को खण्ड ३ र ४ मा १२ लाख ४४ हजार २०८ घनफिट नदीजन्य पदार्थ झिक्नका लागि ओम निर्माण सेवा कुडिया नवलपरासीले १ करोड ३७ लाख रूपैयामा ठेक्का लिएको छ । यता ठोकर नंं १६ देखि १७ को खण्ड क मा १४ लाख २५ हजार ६४१ घनफिट नदीजन्य पदार्थ झिक्न सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौले १ करोड ४२ लाख ६६ हजार ४१२ रूपैयामा ठेक्का कबोल गरेको छ भने त्यसैको खण्ड ख मा १४ लाख २५ हजार ६४१ घनफिटका लागि बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको छ यता ठोकर नं. ६ मा ९१ लाख मा २० हजार घटमिटरका लागि सुस्ता कन्सट्रक्सन कम्पनी प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको तथ्याङ्क पाइएको छ ।

तोकिएको भन्दा बढी माल झिकेको स्थानिय स्तरमा जनगुनासो बढेपछि एक हप्तादेखि अनुमगन समिति आउने सो क्षेत्रमा हल्ला सुनिने गरिएको एक ठेकदारले भने । उनले यस विषयमा खोला ठेकदार र अनुगमन समिति बिच मिल्ने मिलनाउने बारगेनिङ्ग चलिरहेको आरोप पनि लगाए । यस विषयमा पालिका र जिल्ला स्तरीय अनुगमन समितिले यो अफवाह रहेको बताउँदै अनुगमन समेत गरे तर अझै कसैको प्रतिवेदन र कुनै औपचारिक धारण आएको पाईदैन । नदीमा गरिएको आईई अनुसार कसरी झिक्ने र कति वटा मेसिन र हाईवा प्रयोग गर्ने विषयमा नियममित अनुगमन नरहेकोले ठेकदारहरू दिन दहाडै अनाधिकृत रूपमा धमाधम माल झिरिहेको स्थानियहरू बताउछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?