ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

लमही, २५ बैशाख ।
लुम्बिनी प्रदेश का मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटमा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण तथा समावेशी विकासका लागि स्विस सरकार र साझेदार संघसंस्थाबीच थप सघन सहकार्य आवश्यक रहेको बताए ।प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै पनि सहकार्यको खाँचो रहेको धारणा व्यक्त गरे । “यहाँहरूको तर्फबाट यी क्षेत्रहरूमा अहिलेसम्म गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिनेमा हामी विश्वस्त छौं,” मुख्यमन्त्री आचार्यले भने ।

उनले द्वन्द्वका बेला दुबै पक्षबाट पीडित बनेको लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएकोमा स्विस सरकारप्रति आभार व्यक्त गर्दै त्यस क्षेत्रको रणनीतिक योजना कार्यान्वयनमा सहयोगको आग्रह गरे । मुख्यमन्त्री आचार्यले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको व्यवस्थापन र निरन्तरताका लागि सहयोग आवश्यक रहेको पनि बताए ।
राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन प्रणालीको संस्थागत विकासका लागि प्रदेशको क्षमताविकासमा निरन्तर सहकार्य गरिरहेको जानकारी दिए । उनले सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ काम भइरहेको बताउँदै प्राविधिक शिक्षाको पहुँच विस्तारमा आगामी दिनमा अझ सहकार्य हुन सक्ने धारणा राखे ।“प्राविधिक शिक्षा र श्रम बजारबीचको समन्वय आवश्यक छ । यसका लागि प्रदेशस्तरमा प्राविधिक शिक्षा ऐन आवश्यक देखिएको छ,” राजदूत मेउलीले भनिन्, “साना तथा मझौला व्यवसायको विकासका लागि पनि प्रदेश तहमा काम भइरहेको छ।”उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, निमित्त प्रमुख सचिव ईश्वरराज पौडेलले सहभागीता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?