ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

लोकतान्त्रिक निर्माण व्यवसायी संघ कपिलवस्तुमा खाँ

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

कपिलवस्तु,२५ बैशाख ।
नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ कपिलवस्तुको पहिलो जिल्ला अधिवेशनले मुख्तार अहमद खाँको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । बिपि स्मृती भवन तौलिहवामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मोहन केसी, बिनोद अधिकारी, महासचिवमा ईश्वरचन्द्र गुप्ता, उप महासचिवमा कृष्ण पोख्रेल र अब्दुल गफ्फार दर्जी, कोषाध्यक्षमा राजन बढई तथा सहकोषाध्यक्षमा दीपेश कुमार श्रेष्ठलाई चयन गरेको हो । निर्विरोध निर्वाचित समितिका सदस्यहरुमा सुनिल कुमार पाण्डेय, गम्मा रैदास, प्रह्लाद कहाँर, अजय पाण्डेय, दिपेन्द्र तिवारी, संतोष यादव, चन्द्रकान्त पोख्रेल र महिला सदस्यमा मधु गौतम भुसाल रहेका छन् । निर्वाचित समितिका अध्यक्षले थप ५ सदस्य मनोनयन गरे सगै २१ सदस्यीय जिल्ला कार्य समिति हुने लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दले जानकारी दिए ।

संघको उदघाटनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले राज्यले निर्माण व्यवसायीको रकम समयमै भुक्तानी गर्न नसकै कारण निर्माण व्यवसायीको बदनामी हुने प्रवृत्ति उचित नभएको बताए । सार्वजनिक खरिद ऐन पटक पटक संसोधन गरिए पनि ऐन साना निर्माण व्यवसायी हुन नसकेको पुनको भनाई थियो । निर्माण व्यवसायीले बढीमा ५ वटा मात्रै ठेक्का लिन पाउने व्यवस्था साना निर्माण व्यवसायीको पक्षमा नरहेको उनको स्पष्टोक्ति थियो । निर्माण व्यवसायीले समयमै गुणस्तरीय निर्माण गरेर उदाहरण पेश गर्नु पर्ने सुझाव दिदै लोकतान्त्रिक निर्माण व्यवसायी संघले सबै निर्माण व्यवसायीको हक हितका लागी काम गर्नु पर्नेमा उनको जोड थियो । अब निर्माण व्यवसाय क्षेत्रलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन संघको पहल कदमी आवश्यक रहेको उनले बताए ।

संघले सबै निर्माण व्यवसायीको हकहितमा निरन्तर कार्य गर्ने लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दले प्रतिबद्धता जनाए । काँग्रेस स्थानीय देखि संघको सरकारमा उपस्थित रहे पनि कार्य सम्पादनको कमजोरीले समाज र नागरिक स्तरले प्रश्न उठाउन थालेको काँग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले बताए । निर्माण व्यवसायीले गुणस्तरमा ध्यान दिनु पर्ने र सरकारले समेत निर्माणमैत्री कानुन निर्माण गर्नु पर्नेमा पुर्व प्रदेश राज्यमन्त्री रिना नेपाल बिकले जोड दिइन । सार्वजनिक खरिद ऐनको चौधौं शंसोधनले समेत निर्माण व्यवसायीको माग सम्बोधन गर्न नसकेको लोकतान्त्रिक निर्माण व्यवसायी संघका कन्द्रीय सदस्य रुद्र शर्माले बताए । निर्माण व्यवसायीका समस्या निराकरणमा राज्यले ध्यान दिनु पर्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयको भनाई थियो ।

संघको संरचना मात्रै होइन पार्टीका सबै तहको नेतृत्वले अनुशासनलाई प्राथमिकता दिनु पर्ने पुर्व जिल्ला पार्टी सभापति राजेश आचार्यले बताए । आफु कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्षमा पार्टीको उम्मेदवार भए पनि कतिपय जिम्मेवार व्यक्तिले नै असहयोग गरेको पुर्व पार्टी सचिव सुरेश शर्माको गुनासो थियो । काँग्रेस जिल्ला उपसभापति हुमकान्त खनाल, सचिवहरु बिनोद नेपाल, शक्ति सिंह ठकुरी, नगर सभापति खुर्सेद अहमद खाँ, शिक्षक संघका पुर्व जिल्ला सभापति अफाक अहमद खाँ, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष सरोज अर्याल लगायतले संघको निर्वाचित समितिले निर्माण व्यवसायीलाई संगठित गरि हकहितको संरक्षण गर्नु पर्नेमा जोड् दिए । राज्यले अझै पनि निर्माण व्यवसायीको कामको भुक्तानी समयमै नदिने गरेकोले संघले व्यवसायीका मुद्दा सरकार समक्ष पुर्याउन भुमिका खेल्न आवश्यक रहेको संघका लुम्बिनी प्रदेश सदस्य दिनेश हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?