© २०२३
बुटवल, २५ वैशाख ।
युनिभर्सल पब्लिक हाई स्कुल, भैरहवामा विद्यार्थीहरूमा समाज सेवाको भावना विकास गर्ने उद्देश्यले युनिभर्सल समाज कल्याण क्लब गठन गरिएको छ ।
कक्षा ९ की छात्रा अदिती गुप्ताको अध्यक्षतामा गठित क्लबको उपाध्यक्षमा असिम धुरेल, सचिवमा युना पाण्डे, सहसचिवमा समीक्षा चौधरी र कोषध्यक्षमा अंकिता बस्नेत रहेका छन् । त्यसैगरी क्लबको सदस्यहरूमा गरिमा पचभैया, युनिक के.सि., समिर गुरौ, विधान गुरुङ, विन्दवासिनी कुर्मी, बन्दना खत्री, सगुनता छन्त्याल, सुमित बास्फोर, विवेक सहानी, भुवन जैसी, रक्षा अर्याल, आकांक्षा रेग्मी र दिब्या सहानी रहेका छन् ।
क्लबका सदस्यहरूलाई बुधबार एक कार्यक्रमका विच विद्यालयमा शुभकामना व्यक्त गरिएको थियो । विद्यालयका प्राचार्य गोकुल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लबकी अध्यक्ष अदिती गुप्ताले विद्यार्थीले समाजमा योगदान दिनका निम्ति वृक्षा रोपण, सरसफाइ तथा अनाथ एवम् वृद्धहरूको सहयोग गर्ने जस्ता कार्यक्रमहरू गर्दै सामाजिक जिम्मेवारी पूरा गर्न क्लबले भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाइन् । प्राचार्य पोखरेलले युनिभर्सल समाज कल्याण क्लबमार्फत् विद्यार्थीले सामाजिक कार्यमा सहभागी भई प्रत्यक्ष ज्ञान हासिल गर्न सफल रहून् र उनीहरूको सामाजिकीकरणमा क्लबले योगदान गर्न सक्षम रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
त्यस अवसरममा कार्यक्रमका अध्यक्ष एवं विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज याम थापा, सहायक प्राचार्य सुरज घिमिरेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।