ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

एसियन थाई फुड्सको उत्पादन सुरु

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

बुटवल २५ वैशाख ।

नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६ गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको  छ । बुधवार  जाजु ग्रुपका अध्यक्ष तथा  एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले  वैदिक वि धि अनुसार पूजा गरेर उद्योगको  शुभारम्भ गरेका हुन ।

मोरङको विराटनगर मा  दुई दशक अघि सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो ।  यस अघि एसियन थाई फुड्सले ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ ब्रान्डहरू नेपालमा उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ । कपिलवस्तुको उद्योगबाट पनि  ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ हरू सँगै केही थप नयाँ ब्रान्डहरू समेत उत्पादन गरिने उद्योगले जनाएको छ ।  करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ भने क्रमशः अन्य  स्नयाक्स हरू पनि उत्पादन गर्दै लगिने बताइएको छ ।

प्रबन्ध निर्देशक जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात समेत हुने गरेको बताउँदै कपिलवस्तुमा उद्योगको स्थापना सँगै  मध्य तथा पश्चिम नेपालमा एसियन थाई फुड्सका उत्पादनहरू वितरणका लागि थप सहज हुने बताए । उनले  उद्योगमा अन्य स्नयाक्स र मसलाहरू उत्पादन गर्ने मेसिनहरू  समेत जडान भइसकेकोले उद्योगले ६ महिनापछि स्नयाक्स र मसलाहरू पनि उत्पादन गर्ने बताए । ‘यहाँ उत्पादन गरेको चाउचाउ  देशभर नै पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिएको पनि उनले बताए ।  उद्योगमा अहिले ४० करोड लगानी  गरिसकिएको र चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?